रश्मिला प्रजापतिलाई यसअघि प्रमुख हुँदा आफूले नहटाएको स्पष्टिकरण” केशव स्थापित)
496 Views
काठमाडौँ, १९ वैशाख खोज मिडिया । नेकपा (एमाले)बाट काठमाडौँ महानगरपालिकाको प्रमुख पदका उम्मेदवार केशव स्थापितले रश्मिला प्रजापतिलाई यसअघि प्रमुख हुँदा आफूले नहटाएको स्पष्ट दिएका छन् ।
महानगरपालिकाका सफाइ कर्मचारीहरू प्रजापतिले शोषण गरेको भन्दै आन्दोलित भएको र अन्ततः प्रजापतिलाई मञ्चमा तानेर ल्याएपछि वि’वा’द मिलाउने क्रममा सम्बन्धित मन्त्रालयका अधिकारीहरू बसेर हटाउने निर्णय गरेको र सोहीअनुसार कार्यकारी प्रमुखको हैसियतबाट आफूले निर्णयमा हस्ताक्षर मात्र गरेको बताएका छन ।
काठमाडौँमा मंगलबार आयोजित (चर्चा र वि’वाद)का विषयमा मतदातासँग अन्तरक्रिया गर्दै उनले महानगरपालिकामा रहँदा स्थायी कर्मचारीलाई अस्थायी नै भए पनि प्रजापतिले (जागिर खाइदिने) भनेर चेतावनी दिएको सुनिएको बताएका हुन् । यदि आफूले हटाउन चाहेको भए रश्मिलालाई एक दिनमै हटाउन सक्ने तर पाँच वर्ष नहटाएको उनको भनाइ रहेको छ । रश्मिलासँग उनले अनुचित सम्बन्धका लागि कुरा नगरेको पनि स्थापितले दाबी गरेका छन् ।





प्रतिक्रिया दिनुहोस