निर्वाचन आयोगले उम्मेदवारको नामावली प्रकाशन गर्नमा ढिलाई,
545 Views
काठमाडौँ, १९ वैशाख खोज मिडिया । स्थानीय तह निर्वाचनको मिति आउन १० दिनमात्रै बाँकी छ । तर यतिबेलासम्म पनि निर्वाचन आयोगको वेभसाइटमा देशभरका उम्मेदवारको नामावली, पद र दल उल्लेख गरी उम्मेदवारहरुको नामावली प्रकाशन गरिएको छैन । निर्वाचनको मिति नजिकिँदै गर्दा पनि आयोगले एकीकृत रुपमा नामावली प्रकाशन गर्न नसकेको जनाएको छ ।
आयोगले उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशनको मिति वैशाख १६ गतेलाई तोकेको थियो । सोही दिन आयोगले अन्तिम नामावलीको सूची निर्वाचन अधिकृतको कार्यालयमा प्रकाशन गरिसकेको छ, तर देशैभरबाट हेर्न मिल्ने गरी निर्वाचन आयोगको वेभसाइटमा भने अझै उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिएको भने छैन । यतिमात्रै नभइ उम्मेदवारको संख्या, फिर्ता लिनेको विवरणलगायत समेत एकिनका साथ खुलाइएको पाइएको छैन ।
आयोगले किन समयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्न सकेन भन्ने प्रश्नमा निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले उम्मेदवारको अन्तिम नामावली प्रकाशनको तयारी भइरहेको बताएका छन् । शर्माका अनुसार जिल्ला-जिल्लाबाट अन्तिम नामावली आउन समस्या परेको कारण समयमै उम्मेदवारहरुको नामावली प्रकाशन हुन नसकेको जनाएको छ ।
प्रवक्ता पौडेलका अनुसार, “हामी अहिले पनि उम्मेदवारहरुको नाम, राजनीतिक दल, पद, लिङ्ग आदि खुलाएर वेभसाइटमा प्रकाशन गर्ने तयारीमै छौँ । अहिले पनि हामीले ती विवरणहरु अपलोड गर्ने काम गरिरहेका छौंँ, तर कतिपय जिल्लामा विद्युतु्को अवरोध र कर्णाली प्रदेशका केही जिल्लामा इन्टरनेटमा समस्या देखिएको कारण तथ्यांक अपलोड हुन नसकेको हो ।” उनले भने ।
प्रवक्ता पौडेलका अनुसार तराईका कतिपय जिल्लामा हा’वाहु’रीका कारण विद्युत लाइनमा समस्या परेको बताए । विद्युत अ’वरो’धका कारण ती जिल्ला र स्थानीय तहबाट उम्मेदवारहरुको नामावली प्राप्त हुन नसकेको बताए । त्यसैगरी कर्णाली प्रदेशका धेरै जिल्लाहरुमा इन्टरनेटमा समस्या देखिएको छ । जसका कारण मतदान निर्वाचन अधिकृतको कार्यालयले ती तथ्यांक आयोगको डाटा सेन्टरमा पठाउन सकिरहेका छैनन् । जसका कारण ती विवरणहरु अद्यावधिक हुन समस्या भएको जनाए ।





प्रतिक्रिया दिनुहोस