अभिनेता भुवन केसी र अभिनेत्री श्वेता खड्का काँग्रेस पार्टीमा प्रवेश
774 Views
काठमाडौँ, १९ वैशाख खोज मिडिया । नेपालको चर्चित अभिनेता भुवन केसी र चर्चित अभिनेत्री श्वेता खड्का पनि काँग्रेस पार्टीमा प्रवेश गरेका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमका बीच अभिनेत्री केसी र खड्का काँग्रेसमा प्रवेश गरेका हुन् ।
यस्तै, कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का पनि काँग्रेस प्रवेश गरेका छन् । सबैलाई बालुवाटारमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा स्वागत गरेका थिए । उनीहरुलाई अभिनेता निर शाह लगायतले काँग्रेसमा प्रवेश गराउनका लागि पहल गरेको जनाएको छ ।
यसअघि एमालेमा संलग्न रहेपनि अभिनेता केसी निष्क्रिय जस्तै थिए । स्थानीय निर्वाचनको मुखमा उनलाई स्वागत नेपाल नेतृत्वको पार्टीले काठमाडौं महानगरपालिकाको मेयरका रुपमा अघि सारेपनि पछि अस्वीकार गरेका थिए । यस्तै अभिनेत्री खड्का भने दलीय राजनीतिमा खुलेकी थिइनन् । पार्टीमा प्रवेश गराउँदै देउवाले कलाकार देशको गहना भन्दै पार्टीले पनि उचित जिम्मेवारीसहित सम्मान गर्ने आश्वासन दिएका थिए ।





प्रतिक्रिया दिनुहोस