खहरे खोलामा आएको बाढीले बगाउँदा एक किशोरीको मृ’त्यु
621 Views
दाङ्ग, १९ वैशाख खोज मिडिया । खोलामा आएको बा’ढीले बगाउँदा दाङमा एक किशोरीको मृ’त्यु भएको छ।
बबई गाउँपालिका वडा नम्बर ४ हस्नापुरकी सन्ध्या परियारको हस्नापुर खोलामा आएको बा’ढीले ब’गा’उँदा मृ’त्यु भएको हो।
डिएसपी श्यामु अर्यालका अनुसार सोमबार अपरान्ह परेको भारी पानीले हस्नापुर खोलामा ठूलो बा’ढी आएको थियो। घर फर्कने क्रममा खोला तर्दा परियारलाई बगाएको थियो।
परियारलाई बाढीले बगाएको खबरपछि इलाका प्रहरी कार्यालय हापुरेबाट प्र’हरी नायब निरीक्षक केशबराज रेग्मीको नेतृत्वमा खटिएको प्र’हरी टोलीले बगेको स्थानदेखि करिब एक सय५० मिटर दक्षिणबाट उनलाई उद्धार गरेको थियो।
ग’म्भीर अवस्थामा रहेकी उनलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएको थियो भने उपचारको क्रममा उनको मृ’त्यु भएको हो। किशोरीका आमाबुवा भने भारतमा रहेका छन्।
इनार खन्ने क्रममा पुरिएकाको उद्धार हुन सकेनन् ;
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ तुलसीपुरमा इनार खन्ने क्रममा भ’त्किएर पु’रिएका एक युवाको उद्धार हुन सकेको छैन।
प्र’हरीका अनुसार शनिबार बिहान साढे ११ बजेतिर साजकुटीमा इनार खन्ने क्रममा तुलसीपुर १७ जमेराका २५ वर्षीय हरि चौधरी पुरिएका थिए।
उनको उद्धारको प्रयास जारी रहेको र मंगलबार दिउँसोसम्म उद्धारको काम सकिने प्रह’रीले बताएको छ। ४० फिट गहिरो कुवा खन्ने क्रममा उनी पुरिएका थिए।





प्रतिक्रिया दिनुहोस