मिक्चरमा लुकाएर ल्याएको सय ग्राम सुन सहित एक युवक विमानस्थलबाट प’क्रा’उ
2226 Views
काठमाडौँ, १९ वैशाख खोज मिडिया । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट सुनसहित एक पुरूषलाई प्र’ह’रीले नियन्त्रणमा लिएको छ।
मंगलबार बिहान करिब ७ बजे कुवेतबाट “जजिरा एअर”मार्फत काठमाडौं आएका एक यात्रुबाट सुन ब’रा’मद गरेको विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईले जानकारी दिएका छन् । कुवेतबाट नेपाल फर्किएका रुपन्देही घर बताउने २८ वर्षीय सरोज कार्की प’क्रा’उ परेका छन् ।
विमानस्थल भन्सार कार्यालयका कर्मचारीले चेकजाँच गर्ने क्रममा उनले ल्याएको मिक्सरको भित्री भागमा फल्स बटम बनाइ करिब १०० ग्राम सुनलाई बाहिर कालो टेपले बेरेर लुकाइ ल्याएको फेला परेको भट्टराईले बताएका हुन् ।
भन्सार ऐन, २०६४ तथा आर्थिक ऐन, २०७८ अनुसार विदेशबाट नेपाल आउने नेपाली यात्रुले अधिकतम १०० ग्रामसम्म काँचो सुन लिएर आउँदा भन्सार कार्यालयमा घोषणा गरी भन्सार राजस्व तिरेर ल्याउन पाउने कानूनी व्यवस्था रहेको छ।
त्यसरी राजस्व तिर्दा १०० ग्राम सुनको रु.१ लाख ५६५ राजस्व तिर्नुपर्ने हुन्थ्यो। तर यात्रुले भन्सार राजस्व छल्ने वद्नियतका साथ भन्सार कार्यालयमा घोषणा नगरी सुन लुकाई छिपाई ल्याएको पाइएको भट्टराईले जानकारी दिए ।
उनकाअनुसार भन्सार राजस्व छलेर सुन आयात गर्दा भन्सार कार्यालयले प्रचलित कानून बमोजिम त्यस्तो सुन जफत हुने र सुनको प्रचलित बजार मूल्य बराबर जरिवाना र कैद सजायसमेत हुन्छ। उनले भने !





प्रतिक्रिया दिनुहोस