पितृलाई सम्झेमा के कस्ता विपत आईलाग्छ्न्न थाह पाउँनुहोस
605 Views
काठमाडाैँ, १९ वैशाख । पि’तृ पक्षमा पि’तृको आत्मा शान्ति र उनको आशिर्वाद पाउनको लागि श्राद्ध, तर्पण आदि गरिन्छ । हिन्दू धर्मको मान्यतामा पितृ पक्षको समयमा कुनै प्रकारको शुभ कार्य, पूजा वा अनुष्ठान गरिँदैन । किनकी यो १५ दिनको पक्ष केवल पितृमा समर्पित हुन्छ । यो समय तपाईं दान गर्नुहुन्छ, भोकालाई खाना दिनुहुन्छ भने यो कार्य तपाईंको पूर्खासम्म पुर्याउनु हो भन्ने मानिन्छ ।
तर धेरैपटक यस्तो पनि हुन्छ कि तपाईंको कुनै स्वर्गवासी भइसकेका आफन्तसँग यतिविघ्न लगाव हुन्छ कि जुन तपाईंको सपनामा आउँछन् । गरुढ पूराणका अुनसार, पि’तृ पक्षमा आफन्त देखिनु एक विशेष प्रकारको संकेत हुन सक्छ । सो समय तपाईंलाई पि’तृले के आशा गरेको त्यो पनि बोध हुन्छ ।
यदि तपाईंको आफन्त आयु पूरा भएपछि स्वर्गवास भएमा र सपनामा विरामी या कष्टमा देखिए यसको अर्थ हुन्छ उनको आ’त्मालाई शान्ति मिलेको छैन । सपनामा आएर आफन्तले तपाईंलाई यो सन्देश दिन्छन कि उनको शन्तिको लागि केहि गर्नुहोस् । आफ्ना पण्डित वा अगुवाको सल्लाह अनुसार तर्पण, श्राद्ध या दान आदि गर्नु पर्दछ ।
तपाईंको आफन्त यदि सपनामा स्वस्थ या खुसी देखिएमा यो संकेत गर्दछ कि उनको आत्मालाई शान्ति मिलेको छ । कुनै प्रकारको दुःख छैन । तपाईंले पनि उनलाई सम्झेर पटक-पटक दुःख दिनु हुँदैन । यदि कुनै जीवित व्यक्तिलाई सपनामा मृ’त देखिएमा स्वप्न विचारका अनुसार, त्यो व्यक्तिको आयु बढ्ने संकेत हो ।
ज्योतिषशास्त्रका अनुसार, कुनै मृतक आफन्तलाई सम्झनु वा उनको चर्चा गर्दा तपाईं र तपाईंको आफन्त दुबैलाई क’ष्ट हुन्छ । यसकारण जो यो संसारलाई छाडेर गएको छ उसको बारेमा कमसेकम सोच विचार गर्नुहोस् । जानकारहरु यो पनि विश्वास गर्दछन कि केहि व्यक्ति आफ्नो आयु पूरा नगरी स्वर्गवास भए उनीहरुमध्ये केही व्यक्ति प्रेत योनिमा जाने गर्दछन् । राम्रा र सद्भावना भएका व्यक्तिको आत्मा कसैलाई दुःख दिँदैनन् । तर दुष्ट प्रकृतिका व्यक्तिलाई आत्माले दुःख दिने गर्दछ ।
यो जानकारीमा हाम्रो दावी भने छैन ।





प्रतिक्रिया दिनुहोस