सिन्धुपाल्चोकका एक उम्मेदवारले मतदाताहरुको पाउँमा दाम चढाइरहेको तस्विर सार्वजनिक
496 Views
सिन्धुपाल्चोक, १९ वैशाख खोज मिडिया । नजिकिदै गरेको निर्वाचनको भोट माग्नका लागि सिन्धुपाल्चोकका एक उम्मेदवारले मतदाताहरुको पाउँमा दाम चढाइरहेको तस्विर सार्वजनिक भएको छ ।
मेलम्ची नगरपालिका वडा नं १० का वडा अध्यक्षका अमृत खनालले यसरी मतदाताको पाउमा हजारका नोट राख्दै ढोगेर भोट मागिरहेको जनाएको छ ।
खनाल नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार हुन् । उनी अहिले चुनावी प्रचारप्रसारका क्रममा घरदैलो अभियानमा छन् । सोही क्रममा प्रत्येक घरमा गएर पाउँमा दाम चढाउँदै उनले भोट मागिरहेको स्थानीयले बताएका छन् ।
हाकाहाकी पैसा दिएरै भोट मागिरहेको थाहाँ पाए पछि सोही वडामा नेकपा एमालेका उम्मेदवार तथा कार्यकर्ताहरुले भने आपत्ति जनाउँदै विरोध गरेका छन् ।





प्रतिक्रिया दिनुहोस