आज सोमबार सुनको मूल्य ह्वात्तै घट्यो
444 Views
काठमाडौँ, १९ वैशाख खोज मिडिया । आज सोमबार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको बजार भाउ तोक्दै सुनको कारोबार मूल्य घटेको जानकारी दिएको छ । जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार २०० रुपैयाँ छ ।
यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ७०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा ९९ हजार र तेजाबी सुनको मूल्य ९८ हजार ५०० रुपैयाँ थियो ।
यसअवधिमा सुनको मूल्य तोलामा ४ हजार ३०० रुपैयाँको गिरावट आइसकेको छ । यस्तै, वैशाख ५ गते १४ सय २० रुपैयाँ प्रतितोला रहेको चाँदीको मूल्य पनि १३० रुपैयाँ घटेर १२ सय ९० रुपैयाँमा आइपुगेको छ ।





प्रतिक्रिया दिनुहोस