राजनीतिलाई पेसा बनाउने प्रचलन अन्त्य गर्ने लिङ्देनको दाबि
583 Views
काठमाडौँ, १९ वैशाख खोज मिडिया । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी राजनीतिक शक्तिको रुपमा उदाएको दाबी गरेका छन् । गृहजिल्ला झापाको कचनकवल घेराबारीमा आयोजित आमसभालाई सम्बोधन गर्दै लिङ्देनले राप्रपालाई नजरअन्दाज गरेर अब राष्ट्रिय राजनीतिक शक्ति सन्तुलन नहुने बताएका छन् ।
उनले राजनीतिलाई पेसा बनाउने प्रचलन बढेकाले त्यस्तो प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए । राजनीतिलाई पेसा व्यवसाय बनाउन नहुने भन्दै अध्यक्ष लिङ्देनले राजनीतिलाई सेवाको भावनाबाट विकास गराउन जरुरी रहेको उल्लेख गरे। “राजनीतिलाई सत्ता चढ्ने भर्याङ बनाउने होइन, देश निर्माण गर्ने अवसरका रुपमा लिनुपर्छ।, लिङ्देनले भने ।
देशलाई भ्रष्टाचारमुक्त बनाउने काम सजिलो नभएको भन्दै अध्यक्ष लिङ्देनले यसमा सबैको सामूहिक सङ्कल्प, दृढ इच्छाशक्ति आवश्यक रहेको उल्लेख गरे । “यो सजिलो काम होइन, समाज यति भ्रष्ट भइसक्यो कि यसलाई सानोतिनो सङ्कल्पले हटाउन सकिँदैन”, उनले भने, “तर भ्रष्टाचारलाई निर्मूल नपारेसम्म देश उँभो लाग्दैन ।”
भ्र’ष्टा’चार गर्नेलाई राप्रपामा कुनै स्थान नभएको धारणा दोहोर्याउँदै अध्यक्ष लिङ्देनले भ्र’ष्टाचार गरेको पाइए राप्रपाका प्रतिनिधिलाई का’रबा’ही गरिने बताए । “हाम्रा जनप्रतिनिधिले पनि भ्रष्टाचार गरेको पाइए साधारण सदस्य नरहने कारबाही गर्छौँ, थप कारबाहीका लागि अख्तियारमा सिफारिस गर्छौँ’, उनले भने‘ राप्रपा मन, वचन र कर्मले सुशासन प्रति प्रतिबद्ध छ, राप्रपा र अरु दलको फरक यहि हो”, लिङ्देनले भने ।
स्थानीय निर्वाचनमा आफ्ना उम्मेदवारले नगरपालिका र गाउँपालिकामा चुनाव जिते कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने र सबै बालबालिका र विद्यार्थीलाई शिक्षाको पहुँचमा जोड्ने उनको भनाइ रहेको छ। “यो राप्रपाले चुनाव जितेको झापाको कचनकवलमा लागू भइसकेको व्यवस्था हो, राप्रपाको केन्द्रीय घोषणापत्र मै कचनकबलको अभ्यास प्रतिबिम्बित भइसकेको लिङ्गदेनले बताए ।





प्रतिक्रिया दिनुहोस