युक्रेनको पूर्वी बन्दरगाह सहर मारिओपोलबाट दर्जनौँ नागरिकलाई उद्धार
724 Views
किभ, १९ वैशाख खोज मिडिया । युक्रेनको पूर्वी बन्दरगाह सहर मारिओपोलबाट दर्जनौँ नागरिकलाई उद्धार गरिएको छ ।
मारिओपोलस्थित एउटा उद्योग परिसरमा फसेकामध्ये केहीको उद्धार भएको हो । रुसले आफ्नो नियन्त्रणमा रहेको गाउँमा दर्जनौँ सर्वसाधारण पुगेको बताएको छ ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले एउटा ठुलो समूह युक्रेनको नियन्त्रणमा रहेको जापोरिज्जियातर्फ लागेको बताएका छन् । करिब एक सय जनाको पहिलो समूह नियन्त्रित क्षेत्रतर्फ प्रस्थान गरिसकेको छ । उनले ट्विट गरेका छन् ।
उनले अगाडि भनेका छन्, “भोलि सोमबार हामी उनीहरूलाई जापोरिज्जियामा भेट्नेछौँ । हाम्रो टोलीलाई धन्यवाद । अब तिनीहरू राष्ट्रसँग मिलेर कारखानाबाट अन्य नागरिकहरूलाई बाहिर निकाल्ने काममा छन् ।”
राष्ट्रसंघले शनिबार नागरिकहरूलाई बाहिर निकाल्न (सेफ प्यासेज अपरेसन) सुरु भएको पुष्टि गरेको छ । सो कार्यमा रेडक्रसको पनि संलग्न थियो ।





प्रतिक्रिया दिनुहोस