माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेबाट बागी उम्मेदवारी दिएका जिसिबाट फिर्ता
662 Views
कास्की, १६ वैशाख खोज मिडिया । कास्की जिल्ला गण्डकी प्रदेश माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेबाट बागी उम्मेदवारी दिएका युवा संघ कास्कीका अध्यक्ष पान बहादुर जिसीले आफ्नो उम्मेदवारी फिर्ता लिएको छ ।
यही वैशाख १२ गते गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका जिसीले आज लाहाचोकस्थित निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी फिर्ता लिएको हो ।
उम्मेदवारी फिर्ता लिएपछि उनले समृद्ध नेपाल र सुखी नेपालीको सपना पूरा गर्न आफ्नो पार्टी एमालेका उम्मेदवारलाई विजयी गराउन लागि पर्ने बताए । उनले भने “७० बर्षमा पनि पार्टीलाई जिताउन हिड्ने केपी ओली देख्दा मन मानेन । मैले निर्वाचन जितौला तर मेरो कारणले पार्टी हार्यो भने लाल गद्दार भएर समाजमा रहन पनि सक्ने परिस्थिति बन्दैन । त्यसैले उम्मेदवारी फिर्ता लिएको हो ।”
जिसीको उम्मेदवारी फिर्ता गराउन राष्ट्रिय युवा संघका पूर्व अध्यक्ष एवं गण्डकी प्रदेशसभाका सदस्य राजीव पहारी, माछापुच्छ्रे गाउँपालिका का अध्यक्ष कर्णबहादुर गुरुङ, नेकपा एमालेबाट माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षका उम्मेदवार विक्रम गुरुङ लगायले पहल गरेको थियो ।





प्रतिक्रिया दिनुहोस