स्थानीय तहको निर्वाचनका लागि आठ ओटै स्थानीय तहमा उम्मेदवारी टुंगो लगाए
868 Views
उदयपुर, ११ वैशाख खोज मिडिया । नेकपा एमाले उदयपुरले आउँदो वैशाख ३० गते मा हुने स्थानीय तहको निर्वाचनका लागि आठ ओटै स्थानीय तहमा उम्मेदवारी टुंगो लगाएको सकेकोछ ।
बेलका नगरपालिकामा नगर प्रमुखमा दुर्गाकुमार थापा (स्वतिक) उप प्रमुखमा जिरा राईलाई उठाइने भएको छ । चौदण्डीगढी नगरपालिकामा नगर प्रमुखमा कालुमान लामा र उपप्रमुखमा मनिकादेवी दुलालको नाम टुंगो लगाएको छ ।
त्रियुगा नगरपालिकामा नगर प्रमुख भागवत राउत उपप्रमुखमा महेश्वरी राईले टिकट पाएको एमाले जिल्ला कमिटी अध्यक्ष परमेश्वर घिमिरेले जानकारी दिएका छन् । त्यसैगरी कटारी नगरपालिकामा पुरानै नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठ (काजी)लाई पुनःमेयरमा टिकट दिएको छ भने उपप्रमुखमा गीता खड्काको नाम टुंगो लागाइ सकेको छ ।
त्यसैगरी रौतामाई गाउँपालिकामा अध्यक्षमा भरतबहादुर थापा र उपाध्यक्षमा पुरानै उपाध्यक्ष कुमारी ठकुरीको नाममा टुंगो लगाएको छ । उदयपुरगढी गाउँपालिकामा अध्यक्षमा गोपाल खत्री र उपाध्यक्षमा कुमारी घले मगरले टिकट पाईसकेका छन् ।
एमालेले ताप्ली गाउँपालिकामा बाबुराम राईलाई अध्यक्षको टिकट दिइएको छ भने उपाध्यक्षमा हालको अध्यक्ष उद्धबसिंह थापाको श्रीमती मनकुमारी थापालाई टिकट दिइएको छ ।
त्यसैगरी लिम्चुङबुङ गाउँपालिकामा राजकुमार राईलाई अध्यक्षको टिकट दिइएको छ भने उपाध्यक्षमा देवकुमारी कार्कीलाई दिइएको छ । उदयपुरमा एमालेले बेलका र कटारीमा पुरानैलाई टिकट दिएका छन भने अन्य छ पालिकामा नयाँ अनुहार ल्याएको जनाएको छ । ।





प्रतिक्रिया दिनुहोस