पोखरामा कुकुर मा’रेको आरोपमा एक प’क्राउ
748 Views
काठमाडौँ, १० वैशाख खोज मिडिया । पोखरामा कुकुर मारेको आरोपमा प्र’हरीले एक जनालाई प’क्राउ गरेको छ।
जिल्ला प्र’हरी कार्यालय कास्कीले पोखरा महानगरपालिका-१९ बस्ने २३ वर्षीय सुदीप परियारलाई प’क्राउ गरेको छ। उनलाई प्र’हरीले बिहीबार प’क्राउ गरेको हो । चैत १८ गते पोखरा-१६ जोगिमणि मार्गस्थित सार्वजनिक स्थानमा परियारले कुकुरको घाँटीमा प्लास्टिकको डोरी पासो बाँधेर रूखमा झु’ण्ड्याएर मा’रेको आ’रोप छ।
झु’ण्ड्या’एर मारेपछि सेती नदीको खोंचमा फालेको र त्यसको भिडिओ समेत बनाएर सामाजिक सञ्जालमा पोष्ट गरेको कार्यालयले जनाएको छ। अनुसन्धान गर्दा उनको मोबाइल तथा उनको फेसबुकमा समेत उक्त भिडिओ पाएको प्रहरीले जनाएको छ।
“अहिले किन मारेको हो भन्ने खुलेको छैन। हामीले बयान लिन पाएका छैनौं।” कास्कीका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले भने, “सामाजिक सञ्जालमा उनले आफैंले भिडिओ हालेका थिए। हामीले देखेपछि अनुसन्धान गरेर पक्राउ गरेका हौं।” उनीमाथि पशुपंक्षीसम्बन्धी कसूरमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। जिल्ला अदालत कास्कीबाट नौ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ।





प्रतिक्रिया दिनुहोस