दुई वर्षपछि भौतिक उपस्थितिमै एसइई परीक्षा
658 Views
काठमाडौँ, ९ वैशाख खोज मिडिया । माध्यमिक शिक्षा परीक्षा “एसइई” आज शुक्रबार बिहान ८ बजेदेखि देशभर एकसाथ सञ्चालन हुँदै छ । पहिलो दिन आज अनिर्वाय अंग्रेजी विषयको परीक्षा हुँदै छ । परीक्षा २० वैशाखसम्म सञ्चालन हुने छ ।
राष्ट्रिय परीक्षा बोर्ड, एसइईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीका अनुसार एसइईमा ५ लाख १४ हजार ९७७ परीक्षार्थी सहभागी हुँदैछन् । जसमध्ये २ लाख ५७ हजार ९२७ छात्र र २ लाख ५७ हजार ५३ छात्रा छन् । बोर्डले एसइईका लागि देशभर २ हजार ७ परीक्षा केन्द्र तोकेको छ ।
विद्यार्थीहरुले ती परीक्षा केन्द्रमार्फत परीक्षा दिनेछन् । बोर्डले परीक्षालाई व्यवस्थित बनाउन प्रदेशस्थित सामाजिक विकास मन्त्रालय र जिल्ला परीक्षा समन्वय समितिको व्यवस्थापनमा प्रदेश परीक्षा व्यवस्थापन समिति गठन गरिसकेको छ । एसइई परीक्षा सञ्चालनका लागि प्रदेश परीक्षा व्यवस्थापन समिति, परीक्षाको अनुगमनदेखि उत्तरपुस्तिका परीक्षण, संपरीक्षण र रुजुको कामसमेत गर्ने छन् ।
को’भि’ड–१९ म’हामा’रीका कारण अघिल्ला दुई वर्ष विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा राष्ट्रिय परीक्षा बोर्डले ग्रेडसिट जारी गरेको थियो ।





प्रतिक्रिया दिनुहोस