श्रीमानबाट ज’लाई’एकी महिलाको सहमति दिने आफन्त नहुँदा रोकियो उपचार
507 Views
काठमाडौँ, ७ वैशाख खोज मिडिया । सलाईकाे निब्नै लागेकाे काटि हाेस वा सल्केकाे धुपले हातको ओेैला हाेस या नाडीमा कतै छाेयाे भने त्यसकाे दुखाईले निकै पाे’ल्छ , अनि सिङ्गाे शरिरमा आ’गाे लाग्याे भने त्यसकाे दुखाईकाे पीडा कत्ति हाेला ? अनुमान गर्दा पनि आङ श्रीरिङ्ग हुन्छ । कपनकाे बालुवा खानिकि चेलि २५ दिन देखि यस्तै बिडम्बना भाेगिरहेकी छिन् ,त्याे पनि सिङ्गाे शरिरमा आफ्नै श्रीमानले तारपिन तेल खनाईदिएर आ’गाे लगाईएकाे पीडा असहनिय रहेको छ ।
श्रीमानले तारपिन तेल खनाएर आ’गाे लगाएकी कपन बालुवा खानि बस्ने अस्मिता चाैधरीलाई ज’ल’नकाे पिडाले जति पाे’लिएकाे छ त्याे भन्दा ठुलाे चाे’ट उपचार अगाडि नबढ्दा परेकाे छ । शरिरकाे ३०(तीस) प्रतिशत भाग ज’लेकाे अस्मितालाई सामान्य उपचारले हुने अवस्था छैन । सामाजिक अभियान्ता उज्वल विक्रम थापाकाे सहयाेगमा प्रहरीले साँखु स्थित (सुस्मा काेईराला मेमाेरियल)अस्पतालमा लगेर राखे पनि उनकाे उपचारका लागि जटिल प्रकारकाे सल्यक्रिया गर्नुपर्ने छ। तर त्यस्का लागि आफन्तकाे सहमति चाहिने भएपछि अस्पातालले २५ दिनदेखि उनकाे बाहिरी उपचार र सामान्य ड्रेसिङ मात्रै गर्न सकेकाे छ।
नजिकका आफन्त भनिएका श्रीमानबाटै ज’गन्य हिँ’सामा परेकि अस्मिताका लागि सहमति दिने काेहि पनि नहुँदा सरकारवाला निकायले भने आफन्तकाे खाेजी भईरहेकाे भन्दै २५ दिन यसै बिताईएकाे छ । अस्पाताल भने उनकाे उपचार गर्न ढिलाई भईरहेकाे चिन्तित् रहेकाे बताए । चैत ११ गते कपन बालुवा खानिमा बसाेबास गर्दै आएकी अस्मिता चाैधरीलाई उनकै श्रीमान प्रविन चाैधरीले तारपिन तेल खनाएर आ’गाे लगाएका थिए । अस्मिता ज’ल्दा ज’ल्दै भागेर सडकमा निस्के त्यसपछि उनकाे उद्दार त भयाे तर उपचार भने अझै हुन सकेकाे छैन ।
“बजारबाट ड्रिङक गरेर आएकाे रहेछ ,खाना मिठाे पकाएन भन्दै खाना फालेर हिडेँ,आ’गाे सल्किसके पछि बाल्टिमा पानी थियाे त्यहि पानी आफैंले खनाएर चुकुल खाेलेर बाहिर आत्तेर निस्किए मलाई आ’गाेले पाे’ल्याे भनेपछि बाटाेमा हिड्दै गरेका सबैजना आएर मलाई बचाए” बिरामी अस्मिताले बताईन् । शरिरकाे ३०% प्रतिशत जलेकी उनलाई सामाजिक अभियान्ता उज्वल विक्रमकाे सहयाेगमा प्रहरीले साँखु स्थित अस्पातालमा पुर्यायाे तर २५ दिन देखि उनकाे बाहिरी उपचार,ड्रसिङ बाहेक गहन उपचार हुन सकेको छैन । थप उपचारकाे लागि जटिल शल्यक्रिया गर्नुपर्ने छ ।तर, त्यसका लागि उनका परिवार वा आफन्तजनकाे सहमति चाहिन्छ । अस्मिताकाे परिवार भन्नू तिनै श्रीमान मात्रै हुन् । जाेबाटै उनी जलाएकी छिन् । ती पनि हाल ज्यान मार्ने उद्याेगमा पुर्पक्षका लागि केन्द्रीय कारागार चलान भएका छन् ।
सम्पर्कमा आएका माईति पक्षलाई अस्पतालमा आएर उपचारका लागि सहमति गर्दिन आग्रह गर्दा उनीहरु पनि सम्पर्क बिहिन भएकाे जनाएका छन् । यद्यपि अस्पतालले विशेष कक्षमा राखेर सहमति बिना पनि गर्न सकिने उपचार गरिरहेकाे छ । तर, सहमति दिने सदस्य काेहि पनि नहुँदा समयमै गर्नुपर्ने शल्यक्रिया गर्न नसकिएकाे र पिडितकाे अवस्था झन् खराब हुँदै गएकाे छ । बे’हाेस बनाएर गर्नुपुर्व सहमति अनिवार्य हुनुपर्ने प्रावधानले अस्पतालले शल्यक्रिया अगाडि बढाउन सकेकाे छैन । “ज’लनकाे हिसाबले बाहिरकाे छालाहरु सम्पुर्ण मारेर छाला प्रत्यारोपण गर्नुपर्ने खालकाे एउटा गहिराे जलन हाे । बिरामीको मुख्य फेस गरिरहँदा कुरुवा काेहि पनि हुनुहुन्न,श्रीमान पनि जेलमा भएकाे र अरु नजिककाे आफन्तहरु पनि अस्पतालमा आउन त्यति रुचि नदेखिएकाे कारणले गर्दा अहिले हामीले जुन सेवा दिनुपर्ने हाे बेहाेस गरेर अप्रेसन काेठामा लगेर घाउ सफा गर्ने याे काम अहिलेकाे हालमा हामीले गर्न सकेको छैनाै । अत्याधिक दुखाइकाे कारणले बिरामीले बाहिर पनि ड्रेसिङ गर्न मानिरहनुभएकाे छैन ।” डा. सन्ताेष बहादुर भण्डारीले भने ।
सहमति दिने परिवारकाे खाेजिमा उनलाई अस्पताल सम्म पुर्याउने सामाजिक अभियान्ता ‘उज्वल विक्रम थापा’ ३ सातादेखि कुरिरहेका छन् । “सम्पर्कमा आएका आफन्तजनले भेट्न आउनै मानदैनन् । सरकारी निकाय जिम्मेवारी लिन चाहाँदैन ।” अस्पतालका आफ्नै नियम कानुन छन्, कुरुवा नभईकन भर्ना लिदैँनन्, तर नेपाल प्रहरी स्वयमले अ’पराध भएकाे भनेर ल्याएकाेले हामीले रिफ्युज गर्न मिल्दैन । साे अनुरुप हामीले राख्यौं । त्याे दिनदेखि आज सम्म लगभग ३ हप्ता भयाे आज सम्म नेपाल प्रहरी, महिला आयाेग देखि लिएर गुहार गर्नुपर्ने सम्पूर्ण ठाउँ गुहार गर्दा त्याे चेलीकाे काेहिपनि घरपरिवारकाे सदस्य अस्पताल ल्याउन सकेकाे छैन । त्यसकारण उहाँको बेसिक ड्रेसिङ बाहेक अरु हामीले केही गर्न सकेका छैनाैँ , अवस्था जटिल छ ।” सामाजिक अभियान्ता थापाले भने ।
महिला माथि जगन्य हिं’सा त्याे पनि परिवारबाटै भएकाे थाहा पाएर पिडितलाई अस्पताल सम्म पुर्याउने प्रहरी प्रशासन वा राज्यका जिम्मेवार निकायले भने पिडितकाे उपचारको अर्काे उपाय खाेज्न उदासि देखिन्छन् । शरीर ज’ले’र सकस भाेगिरहेकी अस्मिताकाे शरिरकाे घाउ गनाउने अवस्थामा पुग्दा पनि महिला आयाेग समेत प्रहरी मार्फत आफन्तकाे खाेजी भईरहेकाे बताउँछन् । अस्मिताकाे अवस्था बारे महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय समेत जानकारी छ । मन्त्रालयकाे लैङ्गिक हिंसा निवारक काेषकाे प्रवर्धक महिला विकास अधिकृत ममता विस्ट पिडित अस्मिताकाे सहयाेगकाे लागि छलफल भएकाे बताउछिन् । श्रीमानबाटै ज’लाईएकाे उनकाे उपचारका लागि सम्पर्कमा आएका भनिएका माईति नै सहमति दिन आग्रह गर्दा समेत सम्पर्कमै नआएकाे सबै पक्षलाई जानकारी रहेकाे छ ।
यस्ताे अवस्थामा पिडितकाे अविभावक राज्य बन्नुपर्ने हाे । अस्पतालकाे बेडमा ज’लिरहेकाे घाउकाे जलनले २५ दिनदेखि अस्मिता अस्पतालमा छट्पटाईरहेकी छिन् । तर शल्यक्रियाका लागि सहमति दिने आफन्तकाे खाेजिमा प्रहरी, महिला आयाेगदेखि मन्त्रालय सम्मले तीन साता बिताईदिएका छन् । याे बिचमा अस्मितालाई पाेलेकाे घाउ मात्रै हाेईन मनकाे चाेटले झन् कम्जाेर बनाईदिएकाे छ । नितिनिर्माण र कार्यन्वयनकाे तहमा रहेका निकायहरुले अवस्था मुल्यांकन गर्न नसक्दा अस्मिताकाे ज्याननै जाे’खि’ममा पर्ने चिन्ता अस्पतालकाे रहेकाे जनाएकाे छ । तर सहमति अनिवार्य हुने नियमले अस्पताल हार मानिएका छन् ।
अधिकासं घरेलु हिं’सा’काे घ’ट’नामा महिलाले परिवारकै साथ पाउदैनन् । यस्ताे अवस्थामा उनीहरूकाे लागि अविभावक हाे हुन् त ? याे देशमा घरपरिवारले जिम्मा लिन्छ लिदैन यानतान आफ्नाे पाटा छ। तर अ’परा’ध घटेर अस्पताल पुर्याउदाखेरि राज्यमा नीति छ कि छैन ? “काे हाे त जिम्मेवारी ? महिला आयाेग जिम्मेवार हाे कि ? नेपाल प्रहरी जिम्मेवार हाे कि ? गृहमन्त्रालय जिम्मेवार हाे कि ? किनभने यसरी लावारिसे छाेड्दिन मिल्दैन” यी प्रश्नहरु अभियान्ता थापाले भने ।
हरेक नागरिककाे अविभावक राज्य हाे । यदि त्यसाे हाे भने परिवारबाटै पिडित बनेका पिडित महिलाहरुकाे उपचार र न्यायमा अब राज्यले परिवारकाे सदस्य खाेजिमै दिन बिताउने कि आफैँ जिम्मेवार लिएर उपचार गराउने ? तीन साताबाट खाेज्दैछु भनिएका पिडितका आफन्तलाई मिडियाबाट रिपोर्टिङ गरेपछि मङ्गलबार दिउँसो प्रहरीले फेला पारिएकाे छ । राष्ट्रिय महिला आयागकी शाखा अधिकृत वर्षा ढकालका अनुसार अस्मिताका भाईले उनकाे उपचारका लागि सहमति पत्रमा हस्ताक्षर गरिएका छन् । बुधबार बाटै अस्मिताकाे शल्यक्रिया र थप उपचार हुने अस्पताल प्रशासनले जानकारी गराए ।





प्रतिक्रिया दिनुहोस