चीनमा को’भिड सं’क्र’मितबाट तीन दिनमा १७ जनाको मृ’त्यु
680 Views
एजेन्सी, ७ वैशाख खोज मिडिया । चीनको सांघाईमा को’भि’डबाट बुधबार थप सात जनाको मृ’त्यु भएको छ । योसँगै सांघाईमा को’भि’डबाट मृ’त्यु हुनेको सङ्ख्या १७ पुगेको छ । यसअघि सां’घा’ईमा को’भिडबाट सोमबार तीन र मंगलबार सात जनाको मृ’त्यु भएको त्यहाँको स्वास्थ्य आयोगले जनाएको थियो ।
तीव्र रूपमा फैलिएको ओमिक्रोन भा’इ’रसका कारण साढे दुई करोड जनसङ्ख्या भएको सांघाईमा स’ङ्क्र’मितको सङ्ख्या दिनहुँ बढिरहेको छ । म’हामा’रीसँग जुध्न सरकारले कडा प्रतिबन्ध र सामूहिक परीक्षणको दायर बढाएको छ ।पछिल्लो पटक मृ’त्यु भएका सातै जना दीर्धरोगी भएको बताइएको छ । अधिकारीहरूका अनुसार उनीहरू फोक्सोको क्यान्सर र सुगरबाट पनि पीडित थिए । मृ’त्यु भएकामध्ये पाँच जना ७० वर्षमाथिका रहेका बताइएको छ ।
“अस्पताल भर्ना भएपछि बिरामीहरू गम्भीर अवस्थामा पुगेका थिए । मृ’त्युको मुख्य कारण दीर्घकालीन रोग हो।” सांघाई सरकारले एक विज्ञप्तिमा भनेको छ । यसैबीच, सांघाईमा बुधबार थप १८ हजार नयाँ स’ङ्क्र’मित भेटिएका छन् ।





प्रतिक्रिया दिनुहोस