आज दिउँसो र राति यी क्षेत्रमा हुने छ वर्षा
350 Views
काठमाडौँ, ७ वैशाख खोज मिडिया । नेपालमा पश्चिमीसँगै स्थानीय वायुको प्रभाव रहेको छ । बिहान प्रदेश १ र मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदलीको छ भने मुलुकका अन्य पहाडी तथा हिमाली भूभागमा आंशिक बदली छ । प्रदेश १ का एक–दुई स्थानमा हल्का वर्षा भएको छ ।
दिउँसो प्रदेश १, मधेस, बागमती र गण्डकीका थोरै स्थानमा मेघ गर्जन र च’ट्या’ङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति प्रदेश १, मधेस, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा मेघ गर्जन र च’ट्या’ङसहित क्षणिक र हल्का वर्षाको सम्भावना छ ।
बिहीबार अपरान्ह पछाडि देशभर आंशिकदेखि सामान्य बदली रहने आँकलन गरिएको छ । गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र च’ट्या’ङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ ।





प्रतिक्रिया दिनुहोस