चर्चित गायिका “बिमा कुमारी दुरा” आफ्नैले करोडौ ठगेर घर न घाटको अवस्थामा
745 Views
काठमाडौँ, ६ वैशाख खोज मिडिया । चर्चित लोक गायिका बिमा कुमारी दुरालाई आफ्नैले करोडौ ठगेर घर न घाटको बनाएको छ । झन्डै २ करोड बराबरको लगानीमा बनेको आँफु बास बस्दै गरेको घर लिलाम हुने अवस्थामा पुगेको छ ।
बिमा कुमारी दुरा एक नेपालको गहन चर्चिक गायिका हुन् । उनको यतिबेला अदालतमा मुद्धा चलिरहेको बताएकी छिन् । दुराले बर्षौ देखि गित गाएर क्यासेट बेचेर कमाएको पैसाले घर बनाएका थिए । उक्त घर उनले अन्लाईन मार्फत विक्रिमा राखेकी थिईन् । त्यसै क्रममा उनको घर एक युके लाहुरे नामक व्यक्तिले किन्ने कुरा भए पछि उनले विस्वासको भरमा चेक लिएर घर बैना गरेकी थिइन् । उक्त बैना गरेको चेक बारम्बार बाउन्स भए पछि अहिले यसै विषयमा मुद्धा चलेको उनले बताएकी छिन् ।
उनलाई आफ्नैले ठगि गरेको र आफु पिडित भएको बताएकी छिन् । “आँफु पिडित भएकै कारण अदालत सम्म मुद्दा पुगेको हो, अहिले अदालतबाट पनि मेरै गल्ति हो, भन्छन् आखिरीमा नेपालको कानुन के नै रहेछ र ? जो पिडित हुन् उसैको गल्ति देखाउने नेपालको कानुनको नियम रहेछ,” उनले भनिन् । “मैले कसैलाई ठगि गरेर कमाएको धन होइन,मलाई आफन्तले नै धेरै ठग्यो (एक वर्ष भयो म सुतेकै छैन) उनि भक्कानिदै भावुक हुँदै भनिन्।” आँफु ठगिए पनि अरु ठक्न नपरोस यस्तो पापी व्यक्तिहरु कुनै आमाको कोखबाट जन्म नलियोस भन्दै,भावुक बनिन् गायिका दुरा ।
गायिका दुराको एकोहोरो मुद्दा चलिरहेको र ठगि गरेकाहरुलाई अहिले सम्म भेटाउन नसकिएको उनले बताएकी छिन् । कानुनले ठगिएको कुरा साबित गरोस या नगरोस तर आँफु ठगिएको कुरा उनले दाबि गरेकी छिन् । “घर जस्तो कुरा कसैले ठक्न सकिदैन होला, आँफुले पनि कहिल्यॆ पनि कसैलाई नठगिएको हुँदा अरुलाई पनि पाप सोचिन र गलत गर्ला भन्ने मनमा लागेन र मैले घर बैना गरे त्यस्तो मान्छे पालिएको रहेछ नेपालमा यस्तो गुड लगाएको व्यक्तिलाई नेपाल सरकारले पनि केहि गर्न सकिएन” भन्दै उनि भावुक बनिन् ।
चर्चित गायिका दुरा आफन्तहरुबाट मात्रै हैन सहकारी बाट पनि आँफु ठगिएको भन्दै बताईन । गायिका दुरा आँफु पिडित भएपछि आफ्नो पिडाहरु सामाजिक संजाल मार्फत सार्वजनिक गराउँदा आँफुलाई ठगि गरेको व्यक्ति लगायत ओकिलले समेत धम्कि,गालि, गलौज गरेको उनले बताईन् । जो व्यक्तिले ठगि गरिएको छ जसको गल्ति रहेको छ उसैको पक्षमा लागेर पिडित माथि आई लाग्ने यो कस्तो नियम हो अदालतको? कस्तो खालको ओकिल हो? भन्दै उनले प्रश्न समेत गरेकी छिन् । यो कस्तो नियम बनाएर ओकिलको सठीफिकेट दिएको हो अदालतले ? कस्तो कानुन बनाएको हो? आँफै पिडित उल्टै पिडित माथि नै जाई लाग्ने कस्तो नियम हो? भन्ने प्रश्न गर्दै उनि आक्रोस बनिन् ।





प्रतिक्रिया दिनुहोस