पीडित नाबालिगले ब’ला’त्कार होइन भन्नुको मुख्य कारण यस्तो रहेको पुस्टि
579 Views
काठमाडौँ, ५ बैशाख खोज मिडिया । ब’ला’त्कार अभियोगमा थुनामा रहेका पल शाह अर्थात् (पूर्ण विक्रम शाह)ले ब’ला’त्कार नगरेको भन्दै पीडित नाबालिगले पुन बयान फेरिएकी छन्। जिल्ला अदालत तनहुँले लिएको बकपत्रमा नाबालिग गायिकाले ब’लात्का’र अ’स्वि’कार गरेकी छन्।
“हामीसँग जाँदा ब’ला’त्कार हो भनेकी थिइन् अदालतले बकपत्र गर्दा होइन मात्र भनिन्।” जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माले भने!”हामीले पेश गरेको मिसिलमा सबै प्रमाण छन्।”अदालतले पीडित नाबालिगसँग आइतबार बकपत्र गरेको थियो। बकपत्रमा बयान फेरिए पनि पुष्टि हुन गाह्रो हुने शर्माले बताएका हुन् ।
“पी’डितले करणी नै नभएको भनेकी छिन्। बयान फेरिँदैमा पुष्टि कहाँ हुन्छ र? उनले भने। अभिनेता पलले पोखरा, तनहुँ र नवलपुरमा ब’लात्का’र गरेको भन्दै १७ बर्षीय नाबालिगका परिवारले प्र’हरीमा जाहेरी दिएको थियो। तनहुँ प्रहरीमा फागुन ११ गते र नवलपुर प्रह’रीमा फागुन १५ गते पी’डित परिवारले जा’हेरी दिएका थिए। उक्त जा’हेरीको थुनछेक बहसपछि दुबै जिल्ला अदालतले पललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।
थुनछेक बहसमा अभियुक्त पलले नाबालिगलाई ब’ला’त्कार अस्विकार गरेका थिए भने मध्यरातमा मदिरा पिएर नाबालिगको कोठामा पुगेको स्विकार गरेका थिए। पलको सोही स्विकारोक्तीका आधारमा तनहुँ अदालतले मध्यरातमा नाबालिगको कोठामा जानुको औचित्य पुष्टि नभएको भन्दै थुनामा पठाउने थुनछेक आदेश दिएको थियो।
पी’डित नाबालिगले बयान फेरेसँगै बाह्य दबाबमा होस्टाइल भएको हुन सक्ने आशंका जन्मिएको छ। पी’डितका वि’रुद्ध पटक-पटक अभिव्यक्ति दिनेहरूलाई का’रबा’ही हुन नसक्नु र मुद्धा प्रभावित हुने गरी भइरहेका गतिविधी रोक्न नसक्दा होस्टाइल भएको हुन सक्ने पीडित पक्षका एक कानुन व्यवसायीले आशंका व्यक्त गरेका छन्।





प्रतिक्रिया दिनुहोस