पहिरोले पुरिदा एक जनाको मृ’त्यु
588 Views
काठमाडौ, ५ वैशाख खोज मिडिया । पाँचथरको फिदिम नगरपालिका–१ शनिबारेमा घर शिलान्यास गर्दैगर्दा झरेको पहिरोले पुरिँदा एक जनाको मृ’त्यु भएको छ ।
मृ’त्यु हुनेमा गोपाल ढुङ्गाना रहेका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएअनुसार आज बिहान घर शिलान्यास गर्दैगर्दा माथिबाट सुख्खा प’हिरो खसेको थियो ।
सो क्रममा उनी पुरिएका थिए । स्काभेटरले प’हिरो पन्छाएर उद्धार गरेको थियो । गम्भीर अवस्थामा उद्धार गरिएका उनलाई उपचारका लागि जिल्ला अस्पताल फिदिम लगिएको थियो ।





प्रतिक्रिया दिनुहोस