राप्रपा नेपाल चितवनका अध्यक्ष विष्णु खरालको घरमा तो’डफो’ड
547 Views
चितवन, ४ वैशाख खोज मिडिया । राप्रपा नेपाल चितवनका अध्यक्ष विष्णु खरालको घरमा तो’डफो’ड भएको छ । भरतपुर महानगरपालिका–५ कल्याणपुरस्थित खरालको घरमा गएराति आ’क्रम’ण भएको राप्रपा नेपाल चितवनका उपाध्यक्ष आशिष भट्टराईले जानकारी दिएका छन् ।
खरालको घरको झ्यालमा ढुंगाले हानेर सिसा फुटाइएको छ । अध्यक्ष खरालको घरमा भएको आ’क्रम’णको उनले भर्त्सना गरेका छन् । स्थानीय प्रशासनले घ’ट’नाको तत्काल छानबिन गरी दोषी माथि कडा का’रबाही गर्न उनले माग गरेका छन् ।
“स्थानीय प्रशासनले घ’ट’नाको तत्काल छानविन गरी दोषी माथि कडाभन्दा कडा कारबाही गरोस् । राजनीतिक प्रतिशोधका कारण भएको भए त्यो झन् अक्षम्य छ।” उनले भनेका छन् ।
घ’ट’नाको जानकारी आएपछि अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं डिएसपी नरहरि अधिकारीले जानकारी दिए । “हामीले अनुसन्धान सुरु गरेका छौँ । शंकास्पद व्यक्तिहरूमाथि निगरानी गरेका छौँ । अहिलेसम्म कसैलाई पनि पक्राउ भने गरिएको छैन।” उनले भने ।





प्रतिक्रिया दिनुहोस