ललितपुरको प्युटार जंगलमा भिषण आ*गला*गी
348 Views
ललितपुर, ३ वैशाख खोज मिडिया । दक्षिण ललितपुरको प्युटार जंगलमा भीषण आ*गला*गी भएको छ । आश्राङ प्रहरी चौकीका सहायक प्रहरी हवल्दार वेदनाथका अनुसार बिहीबार माझखण्डबाट सल्केको आ*गो तलतिर सर्दै जाँदा प्युटार, लुकुनी र आश्राङ गाँउका दर्जनौँ घरहरु जोखिममा परेका छन् ।
शुक्रबारदेखि स्थानीय, प्रहरी र वनका कर्मचारीले आगो नियन्त्रणको प्रयास गरेपनि सफल हुन सकेको छैन । प्र*हरी सहायक हवल्दार वेदनाथका अनुसार निरन्तर ढुंगाहरु झरिरहेकाले आ*गो निभाउन जानसमेत समस्या छ ।
उनले भने, “रुखका स्याउलाले आ*गो निभाइरहेका छौँ । चारैतिर आगो र धुवाँको मुस्लो आइरहेकोले हामी अन्यौलमा छौं ।” निरन्तर हावा चलिरहेकाले आ*गो नियन्त्रणमा समस्या रहेको उनले बताए ।
आ*गो फैलदा खैरेनी, प्युटार, धनडाँडा र फुर्केडाँडा गाउँमा २५० घरमा वितरण गरिएको खानेपानीको पाइप जलेर नष्ट भएको छ । खानेपानी उपभोक्ता समितिका अध्यक्ष उत्तमबहादुर लामाका अनुसार खानेपानीको पाइपको क्ष*तिबारे यसै भन्न सकिने अवस्था नभएको बताए ।





प्रतिक्रिया दिनुहोस