स्याङजा राम्चेली गडाभाई तमु समाजको शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन
557 Views
पोखरा । राम्चेली गडाभाइ तमु समाज पोखराले नयाँवर्षको दिन शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन गरेको छ ।
स्याङजाको वालिङ नगरपालीका वडा नम्बर ३ राम्चे गाँउबाट पोखरा आइ बसोबास गर्नेहरुको साझा संस्था श्री स्याङ्जा राम्चेली गडाभाइ तमु समाज पोखराले स्याङजाको भालु पहाडमा उक्त कार्यक्रम आयोजना गरेको हो ।
समाजका अध्यक्ष भुपेन गुरुङको अध्यक्षमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि तमु प्ये ल्हु संघ गण्डकी प्रदेशका अध्यक्ष ओम गुरुङले नयाँवर्षको शुभकामना दिदै समाजप्रति सदैव सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । समाजका संस्थापक अध्यक्ष एवम् वत्र्तमान सल्लाहकार समेत रहनु भएका गुरुङले कुनै स्वार्थ भाव नराखी समाजलाई सहयोग गर्न समेत आग्रह गर्नुभयो ।
त्यसैगरी री च्यहमीको तर्फबाट कमला गुरुङले नयाँवर्षको शुभकामना दिदै समाजको प्रगतिको कामना गर्नुभएको थियो । समाजका सहसचिव रुपसीं गुरुङले संचालन गर्नुभएको कार्यक्रममा राम्चेली री च्हमी पोखराका तिलकुमारी गुरुङ, समाजका द्धितिय उपाध्यक्ष दुरमाया गुरुङ, सल्लाहकार मोहन गुरुङ लगायत समाजका सदस्यहरुको सहभागिता थियो ।
कार्यक्रममा समाजले प्रकाशित गरेको भित्तेपात्रो समेत विमेचन गरिएको छ । गृह जिल्लाको पर्यटकिय स्थल भालु पहाड पुगेर कार्यक्रम आयोजना गर्दा पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास समाजले गरेको छ ।





प्रतिक्रिया दिनुहोस