उदयपुरमा श्रीमान्द्वारा श्रीमतीको ह’त्या, कैलालीमा श्रीमतीद्वारा श्रीमान्को ह’त्या
697 Views
काठमाडौँ, २८ चैत खोज मिडिया । उदयपुरमा आफ्नै श्रीमती ३८ वर्षीया नानुमाया दाहालको ह’त्या गरेको आरोपमा प्र’हरीले एकजना पुरुषलाई प’क्रा’उ गरेको छ । प’क्राउ पर्नेमा कटारी नगरपालिका–५ सिसाघारी बस्ने ४२ वर्षीय पोष्टराज दाहाल छन् । उनलाई सोमबार बिहान प्र’हरीले प’क्राउ गरेको हो ।
पोष्टराजले बसिरहेको अवस्थामा चिर्पटले प्रहार गर्दा नानुमायाको घ’टनास्थलमै मृ’त्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रह’री कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई प’क्राउ गरेको हो । यस्तै, कैलालीमा आफ्नै ४४ वर्षीय श्रीमान् नारायण बुढामगरको ह’त्या गरेको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।
प”क्राउ पर्ने महिलामा मोहन्याल गाउँपालिका–१ राक्सा बस्ने ३३ वर्षीया थुमा थापामगर रहेकी छन् । उनलाई गएराति प्रहरीले नियन्त्रणमा लिएको हो । घरायसी विवादको क्रममा हँसियाले प्रहार गरी नारायणको हत्या पश्चात आफैँ इलाका प्रहरी कार्यालय पण्डौनमा आएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्र’हरीले थप अनुसन्धान गरिरहेको छ ।





प्रतिक्रिया दिनुहोस