विस्का जात्रामा ढुंगा हानाहान, २० जना बढी घा’इते
819 Views
भक्तपुर, २८ चैत खोज मिडिया । भक्तपुरको विस्का जात्राका क्रममा २० जनाभन्दा बढी घा’इते भएका छन् ।
आइतबार राति भैरबनाथको रथ तान्ने क्रममा झैझगडा हुँदा घा’इते भएका हुन् । जात्राको क्रममा राति पौनो नौ बजेदेखि ढुंगामुढासमेत भएको थियो ।
ढुंगामुढापछि २० जनाभन्दा बढी घा’इते अस्पतालमा उपचारमा आएको, सामान्यदेखि टाँका लगाउनुपर्नेसम्मका घा’इते भएको अस्पतालले जनाएको छ । ६ जना टाँका लगाउनुपर्ने बिरामी आएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार एक जनाको भने हड्डी नै भाँचिएको छ । भक्तपुरको विस्का जात्रा वैशाख ५ गतेसम्म चल्ने छ





प्रतिक्रिया दिनुहोस