खोटाङ बन्यो को*भिड–१९ सं*क्रमितमु*क्त जिल्ला
595 Views
खोटाङ, २७ चैत खोज मिडिया । खोटाङ कोभिड–१९ संक्रमित शुन्य जिल्ला बनेको छ । बाँकी दुई सक्रिय सं*क्रमितले कोभिड–१९ को सं*क्र*मण जितेसँगै आइतबारदेखि जिल्ला सं*क्रमितमु*क्त जिल्ला बनेको हो ।
आठ गाउँपालिका र दुई नगरपालिका रहेको जिल्लामा आइतबार २५ जनाको एन्टीजेन परीक्षण गर्दा कसैलाई पनि संक्रमण पुष्टि नभएको स्वास्थ्य कार्यालय खोटाङका को*भिड फोकल पर्सन भीष्म पाण्डेले जानकारी दिए ।
जिल्लामा को*रोना सं*क्रम*णको पहिलो, दोस्रो र तेस्रो लहरमा गरी ३ हजार ५०२ जनालाई संक्रमण पुष्टि भएकामा ३ हजार ४५८ जनाले संक्रमण जितेको स्वास्थ्य कार्यालयले जनाएको छ । हालसम्म जिल्लाका १ लाख २१ हजार ४३० जनाले पहिलो मात्राको र १ लाख ७ हजार ४२ जनाले दोस्रो मात्राको खोप लगाइसकेका छन् । को*भिड–१९ को पहिलो र दोस्रो लहरमा जिल्लाका १५ जनाले ज्यान गुमाएका थिए ।
जिल्लामा म*हामा*रीमा उपयोगका लागि जिल्ला अस्पताल सहित ७ अस्पतालमा २३४ बेड उपलब्ध छ । यस्तै, १ थान भेन्टिलेटर, ७ वटा एम्बुलेन्स, २०० थान अक्सिजन सिलिण्डर र ३७ थान अक्सिजन कन्सन्ट्रेटर रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले सं*क्र*मणबाट बच्नका लागि स्वास्थ्य सुरक्षा सावधानी अपनाउन आग्रह गरिरहेको छ ।





प्रतिक्रिया दिनुहोस