बिए तेस्रो वर्ष अध्ययनरत छात्रा गोकर्णेश्वर जंगलमा मृ*त फेला
803 Views
काठमाडौँ, २५ चैत खोज मिडिया । चावहिलस्थित पशुपति क्याम्पसमा स्नातक तेस्रो वर्ष अध्ययनरत छात्रा नीला राई मृ*त भेटिएकी छन् ।
बिहीबार राई गोकर्णेश्वर नगरपालिका–३ जगडोल बन कार्यालय नजिक जंगलमा मृ*त भेटिएकी हुन् ।भोजपुरको हतुवागढी गाउँपालिका–२ घर भएकी २७ वर्षीया राई कपनको सरस्वतीनगर बस्दै आएकी थिइन् । उनको बायाँ हातको नाडीमा ब्लेडले काटेको डोब देखिएको प्र*हरीले जनाएको छ ।
श*वको पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको प्र*हरीको भनाइ छ । घ*टनास्थलमा ब्लेड र विषको बट्टा भेटिएको छ । रुखहरूमा पनि रगत लतपतिएको छ । घ*टनाबारे प्र*हरीले विस्तृत अनुसन्धान गरिरहेको छ ।





प्रतिक्रिया दिनुहोस