राजनीतिमा युवाको नेतृत्व खोज्ने नाटक “तीन ट्रान्जिट” मञ्चन हुने
660 Views
काठमाडौँ, २५ चैत खोज मिडिया । स्थानीय तहको चुनाव नजिकिदै गर्दा राजनीतिमा युवाको नेतृत्व खोज्ने नाटक (तीन ट्रान्जिट) मञ्चन हुने भएको छ। थापागाउँस्थित मण्डला थिएटरमा शुक्रबार साँझ ५ बजेदेखि नाटक मञ्चन हुँदैछ।
नाटकलाई सोमनाथ खनालले निर्देशन गरेका हुन्भ,ने मिलन कार्कीले सह-निर्देशन गरेका हुन्। रंगकर्मी खनालका अनुसार सानैदेखि राजनीतिको विषयमा पढ्दै आएको भएपनि तथ्यलाई परीक्षण नगर्दा युवाको महत्त्वपूर्ण समय खेर फालिरहेका छन्। राजनीतिमा युवाहरूको कस्तो भूमिका हुनुपर्छ भन्ने विषयलाई नाटकमा प्रस्तुत गरिएको छ।
अन्तर्राष्ट्रिय विमानस्थलका तीन ट्रान्जिटहरूमा युवाहरूले राजनीतिलाई कसरी बुझेका छन् भन्ने विषयलाई देखाइएको छ। नाटकमा बुद्धि तामाङ, विजय बराल, मोहन चाम्लिङ राई, विपिन जयसवाल, प्रशंसा सिवाकोटी, प्रविन पुरी, रविन्द्र खत्री, भुवन लुहार (भुपी), न्याथन रायन, दिग्गज खत्री, स्मृती श्रेष्ठ, रेखा लिम्बू, युगल लिम्बू, रेस्मा लिम्बू, कृशल श्रेष्ठ, कृष्टिना बस्नेत, मिलन खड्का, राजिव चौधरी पवन बहादुर विक, सस्मिल पुन मगर र अविनाश राईलगायत कलाकारहरूको अभिनय रहेको छ। नाटक चैत्र २५ देखि वैशाख ४ गतेसम्म (सोमबार बाहेक) साँझ ५ बजे मञ्चन हुने बताए । शनिबार भने दिउँसो १ बजे पनि मञ्चन हुने जनाएको छ ।





प्रतिक्रिया दिनुहोस