गिरिजाप्रसाद कोइराला फाउण्डेसनद्वारा निःशुल्क स्वास्थ्य शिविर
717 Views
काठमाडौं, २५ चैत खोज मिडिया । गिरिजाप्रसाद कोइराला फाउण्डेसनको आयोजनामा काठमाडौंको बुढानीलकण्ठमा स्वास्थ्य निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
बुढानीलकण्ठ नगरपालिका–४ मा आयोजित कार्यक्रम फाउन्डेसनको आयोजना र नेपाली कांग्रेस बुढानीलकण्ठ नगरपालिका कार्यसमिति तथा ४ नम्बर वडा कार्यसमितिको संयुक्त आयोजनामा सम्पन्न भएको हो । कार्यक्रममा चार सयजनाले निःशुल्क स्वास्थ्य सेवा लिएका आयोजकले जनाएको छ । ४ नम्बरका वडासदस्य श्रीराम केसीका अनुसार कार्यक्रममा काठमाडौं मेडिकल कलेजका स्वास्थ्यकर्मीले स्वास्थ्य सेवा उपलब्ध गराएका थिए ।
शिविरमा बालरोग, नाक, कान, घाँटी, स्त्रीरोग, शल्यक्रिया, हाडजोर्नी, आँखा र दाँतको निःशुल्क परीक्षण गरिएको थियो । त्यस्तै, कार्यक्रममा इसीजी, एक्स–रे, भिडियो एक्स–रे तथा रगत र पिसाबको निःशुल्क परीक्षण गरिएको थियो । स्वास्थ्य शिविरमा काठमाडौं मेडिकल कलेजले ल्याबको व्यवस्था गरेको आयोजकले जानकारी दिएको छ । कार्यक्रममा कांग्रेस क्षेत्र नम्बर ५ का सभापति श्यामबहादुर खड्का, कांग्रेस क्षेत्र नम्बर ५ (ख)का सभापति तथा ४ नम्बर वडाध्यक्ष राजु खड्का र वडा नम्बर ४ का कांग्रेस सभापति श्याम खड्कालगायतको उपस्थिति थियो ।





प्रतिक्रिया दिनुहोस