विहीबार राति मोटरसाईकल दु*र्घटनामा एक जनाको मृ*त्यु एक जना ग*म्भीर घा*इते
367 Views
काठमाडौँ, २५ चैत खोज मिडिया । पूर्व–पश्चिम गण्डक नहर सडकअन्तर्गत बाराको पचरौता नगरपालिका–९ कुडवामा बिहीबार राति भएको मोटरसाईकल दु*र्घटनामा एक जनाको मृ*त्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।
तेलकुवाबाट सिम्रौनगढतर्फ जाँदै गरेको बि.आर.०५ ए.एस. ७५८६ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई नहरमा खस्दा मोटरसाईकलमा सवार सिम्रौनगढ नगरपालिका ९ बस्ने ६० वर्षीय रामजनम यादवको मृ*त्यु भएको हो ।
दु*र्घटनामा सोही स्थानका बिरेन्द्र यादव ग*म्भीर घा*इते भएका छन् । तीव्र गतिमा रहेको मोटरसाईकल अनियन्त्रित भई नहरमा खस्दा दुवै जना ग*म्भीर घा*इते भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिएका छन् ।
प्रहरी चौकी लंगडाको सहयोगमा घा*इते दुवै जनालाई उपचारको लागी रोशन अली अस्पताल वीरगंजमा लगिएको थियो । “त्यहाँ उपचार सम्भव नभएपछि उनीहरुलाई थप उपचारको लागी नेशनल मेडिकल कलेज वीरगंजमा भर्ना गरिएको थियो । उपचारकै क्रममा रामजनमको राति पौने एक बजे मृ*त्यु भएको डिएसपी थापाले बताए ।”





प्रतिक्रिया दिनुहोस