आपांगता संगठन नेपाल बागमती प्रदेशको प्रथम सम्मेलनमा यमप्रसाद सुबेदिको अध्यक्षतामा ५५ प्रदेश समिती गठन
654 Views
काठमाडौँ, चैत्र २५, खोज मिडिया । नेकपा माओवादी केन्द्रको जनवर्गिय संगठन अपांगता संगठन नेपालको २०७८ चैत २४ गते नेकपा माओवादी केन्द्र बागमती प्रदेश समितिको अध्यक्ष क.सरल सहयात्रीको प्रमुख अतिथि, नेकपा माओवादी केन्द्र बागमती प्रदेस समितिको उपाध्यक्ष क.रुपा महर्जनको बिशेष अतिथि र संगठनको महिला उपाध्यक्ष क.तेज कुमारी न्यौपानेको अध्यक्षतामा पार्टी केन्द्रिय कार्यलय पेरिसडाडामा प्रथम बागमती प्रदेश सम्मेलन उदघाटन भइ यम प्रसाद सुबेदिको अध्यक्षतामा ५५ सदस्यीय बागमती प्रदेश समिती गठन भएको छ भने सम्मेलनले प्रदेशको सबै जिल्लाहरुमा जिल्ला संयोजक, सहसंयोजक र सचिव समेत चयन गरेको छ ।
प्रमुख अतिथी सहयात्रीले आपांगता संगठन नेपाल बागमती प्रदेशको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै हरेक स्थानमा जति अरु नागरिकहरुको अधिकार छ त्यति नै आपांगहरुको पनि अधिकार रहेको र ती अधिकार माओवादीले नै सुनिश्चित गरेको बताउनु भयो । सरकार र पार्टीमा आपांगहरुको एजेन्डालाई बलियो रुपमा स्थापित गराउन आफुले जस्तो सुकै कदम चाल्ने र आपांगहरुको मुद्धालाई सम्बोधन गराउन मुल पार्टी र प्रदेश पार्टी समितिमा आफू हमेशा लागि पर्ने समेत प्रमुख अतिथी सहयात्रीले बताउनु भयो । आपांग व्यक्तिहरुलाई रोजगारको लागि सरकारको हरेक निकायमा आफुले गहिरो पहल गर्न आफ्नो जिम्मेवारी समेत रहेको सहयात्रीको भनाई थियो ।
सम्मेलनमा संगठनको पुर्व अध्यक्ष तथा बर्तमान सल्लाहकार क.टेकनाथ न्यौपाने, पुर्व अध्यक्ष, संविधानसभा सदस्य तथा संगठनको बर्तमान संघिय परिषद अध्यक्ष क. इन्द्र माया गुरुङ्ग, नेकपा माओवादी केन्द्रका १ नम्बर प्रदेश कमिटी सदस्य तथा संगठनको केन्द्रिय सल्लाहकार राम कार्की क.विमल, संगठनको बर्तमान अध्यक्ष क. टिकाराम पराजुली, उपाध्यक्षहरु, महासचिव क.ओम पुनका साथै संगठनको केन्द्रिय पदाधिकारीहरु र केन्द्रिय सदस्यहर समेत उपस्थित थियो । प्रथम सम्मेलनलाई सम्बोधन गर्दै क.विमलले अबको स्थानिय निर्वाचनमा हरेक पालिकामा एकजना आपांग संगठनको सदस्य अनिवार्य पार्टिले उम्मेदवार बनाउनु पर्ने समेत माग राख्नु भयो । क.विमलले आपाङ्ग व्यक्तिहरुको पार्टीमा ऐतिहासिक योगदान रहेको र पार्टीले आपाङ्गको हरेक मुद्धाहरुको सम्बोधन गर्नु पर्ने प्रस्ट्याउनु भयो ।
सम्मेलनमा सम्बोधन गर्दै आपाङ्गता संगठन नेपालको बर्तमान अध्यक्ष क.टीका राम पराजुलीले अब देशको सबै प्रदेश, जिल्ला र स्थानिय तहसम्म संगठन विस्तार गर्नु पर्ने जानकारी दिदै स्थानिय निर्वाचन हुनु भन्दा पहिला नै विस्तार गरि सक्न समेत निर्देशन दिनु भयो । अध्यक्ष पराजुलीले अबको स्थानिय निर्वाचनमा आपांगता संगठनको सदस्यहरुले पनि स्थान पाउनु पर्ने र पार्टीमा आफुले यो एजेन्डा प्रस्ताब गर्ने जानकारी दिनु भयो भने पार्टीमा संगठनको सदस्यबरुलाई माओवादी केन्द्रको मुल समितिमा समाबेश गर्न पार्टीको अध्यक्ष ज्युसंग निरन्तर पहल गर्ने अठोट समेत व्यक्त गर्नु भयो ।
अन्त्यमा संगठनको महासचिव क.ओम पुनले नवनिर्वाचित बागमती प्रदेश समितिलाई केन्द्रिय संगठनको तर्फबाट बधाई तथा शुभकामना व्यक्त गर्नु हुदै प्रथम बागमती प्रदेश सम्मेलन भव्यताका साथ सम्पन्न भएको घोषणा गर्दै सम्मेलन समाप्त भएको जानकारी दिनु भयो ।





प्रतिक्रिया दिनुहोस