पुर्जा दिलाईदिने प्रयोजनमा नापी कार्यालयबाट खटिएका दुईजना प*क्राउ
603 Views
काठमाडौँ, २४ चैत खोज मिडिया । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार साँझ नापी कार्यालय चाबहिल १ नम्बर टोली बुढानीलकण्ठ कार्यालयका अमिन तथा सर्वेक्षकलाई घुस रकम सहित प*क्राउ गरेको छ ।
हालसाविकको पुर्जा दिलाईदिने प्रयोजनमा नापी कार्यालयबाट खटिएका अमिन प्रकाश राज भट्ट र सोहि कार्यालयका सर्वेक्षक बिनोद केसीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले प*क्राउ गरेको हो ।
आयोगले पटक-पटक प*क्राउ गर्ने प्रयास गर्दा पनि सफल हुन सकेको थिएन , तर सेवाग्राहीसँग बुढानीलकण्ठमा कार्यालय रहेको उनिहरुले ललितपुर स्थित पाटन हस्पिटलमा घुस लिने कार्य गरेको पाइएको छ । सो क्रममा घुस लिंदालिंदै आयोग टोलीले केसी र भट्टलाई घुस रकम सहित प*क्राउ गर्न सफल भएको हो ।





प्रतिक्रिया दिनुहोस