साथीले फोन गरेपछि झिसमिसेमै स्कुल हिडेकी थिईन “कविता” तर स्कुल भने पुग्नै पाएनन्
851 Views
सिक्किम, २४ चैत खोज मिडिया । साथीले फोन गरेपछि झिसमिसेमै स्कुल हिडेकी थिईन कविता तर स्कुल भने पुग्ने पाएनन् उनि । प्रहरीले कविता सुनुवारको ह*त्यामा प*क्राउ परेका आ*रोपितलाई सार्वजनिक गरेको छ।
सिक्किम बियुङ घर भई उदयपुर बेलका नगरपालिका-३ किराँत चोक बस्दै आएका १९ वर्षीय विनोद ढकाल र कोशी जनता माध्यमिक विद्यालय रामपुर कक्षा १० मा अध्ययनरत १७ वर्षीया बालिकालाई प*क्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिएका छन् ।
उनीहरूमाथि सुनुवारको ह*त्या गरेको आरोप लागेको छ। मंगलबार बिहान उदयपुर बेलका नगरपालिका-३ डंगटोलमा सोही स्थान बस्ने १६ वर्षीया कविता सुनुवारको शंकास्पद अवस्थामा श*व फेला परेको थियो। प्रहरी नायब उपरीक्षक गौतमका अनुसार उक्त घ*टनाबारे अनुसन्धान गर्दा सानो-सानो कुरामा सुनुवारले आफूलाई होच्याउने र चिढ्याउने गरेको भन्दै आरोपित बालिकाले ठूलो बुवाका छोरा ढकाललाई सुनाएकी थिइन्।
ढकाल एक वर्षदेखि किराँत चोकस्थित आफ्नै काका जितबहादुर ढकालको घरमा बस्दै आएका थिए। नाबालिकाले ढकालले मिलेर सुनुवारलाई रिसिइबीका कारण मार्ने योजना बनाएको गौतमले बताएका छन् । बाटोमा ढकालले बियरको बोतलले सुनुवारमाथि प्रहार गरेको खुलिएको छ ।
घ*टनाबारे अरूले थाहा पाउने डरले उनीहरूले सुनुवारमाथि ढुंगा प्रहार गरी ह*त्या गरेको खुलेको छ । ह*त्यापछि श*वलाई ४० मिटर पर घिसारेर यशोदा खोलामा रहेको काठको गोलिया छेउ राखेको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ। उदयपुर जिल्ला अदालतबाट आ*रोपित बालिकालाई ५ दिन र विनोद ढकाललाई ७ दिन म्याद लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।





प्रतिक्रिया दिनुहोस