टिकटक यापले विकृति फैलाउँदै(टिकटक लाईभ बसी अपशब्द बोल्नेको होडबाजी)
743 Views
काठमाडौँ, २३ चैत खोज मिडिया । बिगत केहि वर्ष यता चाईन बाट निर्मार्ण भएको टिकटक याप धेरै चर्चामा आएका छन् । धेरैको भविष्य बनाएका छन् टिकटकले, भने कुनै देशहरुमा टिकटक यापलाई प्रतिबन्ध पनि लगाईएको छ ।
त्यसैगरि नेपालमा पनि टिकटक यापले खुब मार्केट लिएका छन् । सुरुसुरुमा म्युजिकल भनिने यापलाई अहिले टिकटक नाम दिएर चर्चित याप बनेका छन् ।टिकटकमा ठुल-ठुला सेलेब्रेटी देखि लिएर वृद्द-वृद्दा, बालबालिका देखि लिएर सबै उमेरका व्यक्तिहरु रमाएका देखिन्छन् । त्यति मात्रै हैनन् पन्ध्र सेकेन्डको भिडियो बनाएर आँफु सँग भएको कला प्रस्फुटन गर्न सक्नु पनि एकदमै राम्रो पाटो हो । जुन पन्ध्र सेकेन्डको कलाले गर्दा धेरैको भविष्य पनि उज्वल बनेको छ ।
पछिल्लो समयमा टिकटकले तिन मिनेट सम्मको भिडियो बनाउन मिल्ने गरेका छन् । टिकटक याप यस्तो याप हो जुन पन्ध्र देखि तिन मिनेट सम्मको राम्रो भिडियो बनाएर सार्वजनिक गरिसकेपछि करोडौको मन जित्न सकिन्छ । जत्ति धेरै टिकटक भिडियो बनायो त्यति नै धेरै लाईक,फलोवर्स बढ्ने टिकटकको नियम जस्तै हो । यसले गर्दा मानिसहरु धेरै भन्दा धेरै आकर्शित हुने गरेको देखिन्छ । टिकटक भिउज र फलोर्सको लागि मानिसहरु उटपट्याङ्ग र उत्श्रिङ्गखला जस्ता भिडियोहरु धेरै बनाएका देखिन्छ ।
त्यति मात्रै हैन भिउज र फलोर्सको लागि नै सरिरका विभिन्न अङ्गहरु प्रदर्शन समेत गरेको देखिन्छ, यस्ता भिडियोहरुले समाजलाई के संदेश दिन्छ ? गाउने कला भएकोले टिकटकमा गाएर नै कलाकार बनेका छन्। नाच्ने कला भएकोले नाच्ने कलाकार नै बनेका छन् । अभिनय गर्न जान्नेले अभिनय गर्नकै लागि कलाकार बनेका छन् टिकटककै यापले गर्दा आँफुसंग भएको कला खेर जान भने दिएका छैनन् ।
टिकटक एउटा रमाउने ठाउँ हो । रमाउनका लागि उमेरले छेक्दैनन् । टिकटक बनाएर आफ्नो फुर्सदिलो समयको सदुपयोग समेत गर्न सकिन्छ । टिकटकबाट कत्तिको भविष्य बनेका छन् भने कत्तिको भविष्य अन्धकार बनेका छन् । यसलाई राम्रोसंग सदुपयोग गर्न जान्यो भने टिकटक एउटा भविष्य निर्मार्ण गने साधन पनि हो, भने यसलाई सदुपयो गर्न जानेन भने आफ्नो भएको ईज्जत र कमाएको नामलाई समेत गुमाउन सकिने देखिन्छ ।
केहि समय यता टिकटकमा गेम खेल्ने खेलाउने सिस्टम टिकटक यापले दिएका छन् । त्यति मात्रै नभई आँफु बाहेक तिन जना सम्मलाई गेस्टमा ईन्भाईट गर्न मिल्छ र तिन चार जनाको ग्रुप बनाएर लाईभ बसी दोहोरि गाउँन खुब रमाईलो पनि हुन्छ । यसरी रमाउन मिल्ने यी यापमा महिला होस् या पुरुष दुवै प्रकारका व्यक्तिहरु रमाएका देखिन्छन् । यसरी रमाईलो गर्दा लाईभ हेर्न बसेकाहरुले गिफ्ट दिने चलन भने पछिल्लो समयमा बिगबिगी रहेको छ । गिफ्ट पाउने आशामा रमाईलो मात्रै हैन सुन्न नसकिने शब्दहरु बोलेर मानिसलाई आकर्षित बनाएका धेरै देख्न सकिन्छ, यस्ता कुराले समाजलाई के सन्देश दिएको छ, भन्ने कुरा सम्बन्धित निकायले यसलाई निगरानीमा राखिएन भने यस्ता विषयले ठुलो रुप लिन सकिन्छ । जसले गर्दा नसोचेका घटना हरु समेत घटना सकिन्छ ।
टिकटक लाईभमा गेम खेल्ने भन्दै अर्को साथीलाई इन्भाईट गरि जोइनमा बसेर गेम खेल्ने प्रविधि निकै बढेको देखिन्छ । गेम खेल्ने निउमा दुईजना जोईनम बसी गेम खेल्दा गिफ्टरको घुईचो लागेको देख्न सकिन्छ । एकजनाले एउटा गिफ्ट बराबर बिस हजार नेपाली रुपैँया सम्मको कोईन गिफ्टको रुपमा फालिएको देखिन्छ । यसले गर्दा मानिसहरु अहिले चौबिस घन्टामा बिस घण्टा लाईभमै समय बिताएको देखिन्छ । नेपाली समय रातको दुई तिन बजे सम्म पनि लाईभमा बसी डबल ट्याप-ट्याप भनिरहेका देखिन्छन् । यसले गर्दा सुत्ने समयमा सुतेका हुदैँनन् । खाने पिउने समयमा खानपिउन हुँदैनन् यसले गर्दा मानसिको सरिरमा विभिन्न रोगहरुले आक्रमर्ण गर्न सक्ने सम्भवान देखिन्छन् ।
कुनै काम नगरी लाईभबाटनै महिनामा लाखौ कमाउन सक्ने भएकोले आजभोलि सामान्य टिकटक प्रयोग कर्ताहरु पनि लाईभमा धेरै समय बिताएको देखिन्छ । कत्तिले त टिकटक लाईभ बसी गेम खेल्दै अपशब्द बोल्ने र उत्श्रिङ्गखल शब्द बोल्नेको पनि कमि छैनन्, यस्ता शब्दहरुले आउँदो समयमा समाजमा कस्तो खालको शन्देश दिइन्छ ? यो विषयमा सम्बन्धित निकाय किन चुप ? लाईभ हेर्दा परिवारको दाजुभाई, दिदीबहिनी संगै बसेर हेर्न सकिंदैन, यस्तो शब्द बोलेर आखिर तिनै गिफ्ट र बिदेशी डलरको लागि आफ्नो ईज्जत नै दाउमा राखेर किन यसरि लाईभ चलाउने गर्छन टिकटक याप प्रयोग कर्ताहरु ? विदेशमा बसेर दुख गरि कमाएको धन पैसा फलोर्सको लागि रोज फुल फ्याक्ने, कार उडाउने, प्लेन उडाउने, रेल उडाउनेको होडबाजी चल्छ । कसको सपोटरले कति धेरै उडाउने भनेर होडबाजी गेम खेल्छन् टिकटक लाईभमा ।
कत्ति पुरुषहरुले फेक आईडी बनाएर अपशब्द बोलि कमेन्टमा नानाथरीको कुरा गरेको देखिन्छ । जहाँ महिला दिदीबहिनीहरु लाईभ चलाईरहेको हुन्छ त्यतै पुग्छन फेक आईडी वालाहरु अनि बोल्छन् सुन्न र हेर्न नसक्ने सब्दहरु, टिकटक आईडी प्रयोग गर्ने नामहरु त्यस्तै हुन्छन् जुन नाम उच्चारण गर्न पनि लाजै मर्दो, यस्ता आईडीहरुलाई टिकटकले किन ब्याण्ड गर्दैनन् । देख्न नसक्ने नाम, उच्चारण गर्न नसकिने अपशब्दका आईडी बनाएर गेम खेल्नेहरुलाई गिफ्ट दिइरहेका देखिन्छन टिकटक लाईभमा आखिर किन यसरि छाडा बनेका छन मानिसहरू ? के अपशब्द बोल्दैमा महान हुन्छन् र मानिस ?
यस्तै खालका सोचविचार बोकेर महिलाहरुलाई लोभ्याउनको लागि टिकटक लाईभ आएर गिफ्ट दिने अनि साथी बनाउने त्यसपछि इनबक्सम बोलाउने नग्न तस्बिर पठाउन लगाउने, गर्दा-गर्दै फेसबुक आईडी माग्ने, फेसबुक, म्यासेन्जरमा साथी बनाउने नजिकता बन्न खोज्ने र महिलाको नग्न शरीरका भिडियो माग्ने तस्विर पठाउन लगाउने अनि सामाजिक संजालमा सार्वजनिक गराउने त्यसपश्चात मेरो बेईज्जत गर्यो फलानोले भन्दै मिडियामा आउदै रुवाबासी गर्ने महिलाहरुको पनि कमि छैनन् यत्तिबेला नेपालमा ।
टिकटक लाईभमा गेम जित्न चाहने तर मान्छेको स्वभाव चिन्न नखोज्ने डलरको लोभ र गिफ्टको आशाले गर्दा परपुरुषसँग महिला दिदीबहिनीहरु बढी मात्रामा आकर्षित हुने देखिन्छ । यसरी कत्ति दिन चल्ला र ? पैसाको लोभले गर्दा आफ्नो ईज्जतलाई दाउमा पारेका छन् केहि महिलाहरुले! त्यसकारण टिकटक एउटा राम्रो पाटो पनि बनेको छ र यसले विकृति पनि फैलाएका छन् । अबको दिनमा टिकटक यापलाइ सम्बन्धित निकायले ध्यान दिन जरुरि देखिन्छ! किनभने यसले समाजमा विकृति फैलाउने संकेत पनि दिएको देखिन्छ । टिकटक प्रयोग कर्ताहरुले पनि यसलाई सकारात्मक ढङ्गले सदुपयोग गरौ, विकृति फैलाउने गरि कसैले पनि टिकटक याप नचलाउनका लागि सम्बन्धित निकायले ध्यानाकर्षण गराउनु पर्ने देखन्छ ।





प्रतिक्रिया दिनुहोस