डेढ करोडको सामान सहित दुई ओटा ट्रक प्रहरीको नियन्त्रणमा
366 Views
विरगंज, २३ चैत खोज मिडिया । सशस्त्र प्र*हरीले वीरगन्जबाट दुई वटा मालबाहक ट्रक निय*न्त्रणमा लिएको छ। प्रज्ञापन पत्र बेगर वीरगन्जबाट पथलैजा जाँदै गरेका दुई वटा ट्रक प्रहरीले मंगलबार राति निय*न्त्रणमा लिएको थियॊ ।
नियन्त्रणमा लिइएका ट्रक नं ना७ख ९४२ र ना२ख ९५४३ रहेका छन् । सशस्त्र प्रहरी बल १३ नम्बर मुख्यालय पर्साबाट खटिएको टोलीले राति साढे ८ बजे ट्रक निय*न्त्रणमा लिएको थियो । ना७ख ९४२ नम्बरको ट्रकमा ५१ लाख ९२ हजार रुपैयाँ बराबरको कपडा र मालसामान रहेको उक्त मुख्यालयले जनाएको छ।
त्यस्तै, ना२ख ९५४३ नम्बरको ट्रकमा ९४ लाख ५३ हजार रुपैयाँ बराबरको मेडिकल सामग्री, औषधी र खुद्रा सामानहरू रहेको जनाए । प्रहरीले दुबै ट्रकलाई आवश्यक का*रबा*हीका लागि बुधबार राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ ।





प्रतिक्रिया दिनुहोस