कुलतमा फसेका छोराले आमाको गुण कहिले चुक्ता गर्न सकिएला ?
584 Views
आमा शब्द सुन्दा नै आनन्द लाग्छन् सबैलाई । आमा भन्ने शब्द यस्तो शब्द हो जुन शब्दको नाम नै काफी छ,(आमा)। जुन आमाको कोखबाट हामी जन्म हुन्छौं कत्तिलाई आमाको महत्व पनि थाह हुदैन ।
एक दिन एउटी आमाले आफ्नो सन्तानलाई जन्म दिएको हुन्छ । ति आमाले जन्म दिएको सन्तान छोराको रुप लिएर जन्मेको हुन्छ । ति आमाको एउटा मात्र सन्तान हुन्छ । ति आमाको श्रीमान छोरा सानै छदा स्वोर्गबास भएको हुन्छ । ति एक्लो आमाले आफ्नो छोरालाई हुर्काउन धेरै दु;ख र संघर्ष गर्नुपर्यो । सानो छदा चुलबुले स्वभावको ति छोरा बिस्तारै-बिस्तारै यौवन अवस्थामा पुगे । आमाको मनमा लाग्थ्यो छोरा हुर्कियो अब छोराले राम्रो कर्म गर्छन् र आमालाई खुसि,सुख दिएर बुढेसकालको साहार बन्नेछ भन्ने ति आमाको मनमा खुसीको सिमा रहेनन् ।
एकदिन छोरा क्याम्पस पढ्न गएछ । क्याम्पसमा छोराले सोचेको जस्तो साथीहरु भेट्न भने सकेनन । उनि बिहानको समय सधैँ जसो क्याम्पस जाने गर्थ्यो । उनले क्याम्पसमा एकजना साथी बनाएको रहेछ । त्यो साथि कुलतमा लागेको थियो । उनि त्यही साथीको संगतमा परेछ । उनले साथीको लहैलहैमा लागेर आफ्नो भविस्यलाई अन्धकारतिर धकेले उनले आफ्नो आमाको सपना पुरा गर्न भने कहिल्यॆ सकेनन् । उनि कुलतको दलदलमा फसिसकेको थियो । उनले क्याम्पसमा आफ्नो पढाईलाई पनि निरन्तर दिन भने सकेनन। उनको आमाको सपना छोरालाई डाक्टर बनाउने थियो सानैमा बुबाको क्यान्सर लागेर निधन भए पछि आफ्नो छोरालाई डाक्टर बनाउने सपना सजाएकी ति आमा आज छोरा कुलतमा फसेको देख्दा आमाको मन थाम्न सकेका छैनन् ।
भन्छन् नि बुढापाकाले “बन्चरो ताक्छन् मुडामा छोराछोरी ताक्छन् घुडामा” भन्ने उखान आजको कथामा मेल खान गएको छ । ति एक्ली विधुवई आमाले दु;ख गरि जेनतेनले आफ्नो एक्लो छोरालाई हुर्काए,पढाए, बढाए आज आएर कुलतमा फसी आमाको सपना चकनाचुर गराएको छ ।





प्रतिक्रिया दिनुहोस