स्वार्थी व्यक्तिको स्वभाव यस्तो हुँदा रहेछ,
2213 Views
कास्की, २१ चैत खोज मिडिया । एउटा घर परिवारमा जब गरिवीले छुन्छ त्यो घरमा समस्या धेरै आउने गर्दछ । सानो-सानो कुरामा पनि झैँ-झगडा सुरु हुन्छ । जसले गर्दा परिवार र आफ्नो जीवन नै तहस नहस हुन पुग्छ ।
भनिन्छ, जीवनमा पैसा ठुलो हैन ,तर गरिव परिवारको लागि पैसा ठुलो लाग्नु स्वभाविक हो । जसको मनले भन्छन पैसा भन्दा ठुलो माया र मोह हो । माया र मोहले मात्रै संसार चल्दैन भन्नेहरु पनि धेरै देखिए,तर त्यस्तो व्यक्ति पनि छन, यो दुनियामा जसलाई माया र मोहले खुसि भएर बाँच्न सफल भएका छन् ।
मानिस बाच्नको लागि हरेक कुराको आवस्यक पर्दछ । गास, बास, कपास, शिक्षा , स्वास्थ्य, रोजगार यी सबै मानिसको जीवनमा अत्तिआवस्यक पर्ने साधनहरु हुन् । जस्को अभावको कारण मानिसको जीवनमा आत्मा ह*त्या जस्ता घ*टनाहरु निम्त्याउने गर्छन् । कुनै दिन तपाई कसैको लागि जिउँदो भगवान बन्न सक्नुहुनेछ । तपाईले कुनै एउटा गरिव, एक्कल महिला, विधुवा महिला, हिंसामा परि छट्पटीएका त्यस्ता व्यक्तिहरुलाई मिठो बोलिवचन र मायाले उसलाई साथ र सहयोग गर्नुस त्यसले तपाईलाई पनि खुसि र आनन्द मिल्नेछ । “ति पिडित व्यक्तिले पनि महसुस गर्नेछ मैले संसार जिते आज म एक्लो छैन मेरो लागि बोलिदिने र मेरोलागि हातमा हात थमाउने कोहि छन् अब म खुसि र सुखले बाँच्न सक्छु ।” हो यो भन्दा ठुलो खुसि संसारमा कसैले पाउन सकिदैन । जसले यो खुसि पाउन सकिन्छ ति व्यक्ति नै हुन् सफल व्यक्ति !
अहिलेको समय र परिस्थिति देख्दा वा हेर्दा सायद यस्तो व्यक्ति पाउन मुस्किल छ । जता हेर्यो स्वार्थी, जसलाई हेर्यो स्वार्थी, जसलाई चिने उ पनि स्वार्थी, जसलाई आफ्नो भनि अपनाए ति व्यक्ति संसारकै स्वार्थी जसको कारणले आज धेरै व्यक्तिहरुले आफ्नो जीवनलाई तहस-नहस गरि मर्नु न बाँच्नुको चपेटामा परि दिनरात आँसुको बलेनी बगाएर जिउनु परेको छ । यो कस्तो विडम्बना? किन मानिस स्वार्थी हुन्छन्? अरुको जीवनसंग खेलवाड किन गर्छन्? यदी अरुलाई शन्तुस्टी, खुसि र मोह दिन सक्दैनन् भने ति व्यक्ति साँचिकै मानवता नभएको जनावरको जस्तो स्वभाव भएको मानिस कहिल्यॆ पनि सुद्रिना सक्दैनन् जसले गर्दा अरुको जीवनमा ठुलो धक्का पुगिरहेको हुन्छ, तर यो कुरा कसैले पनि बुज्दैनन् ।
जसले यस्तो नकारात्मक सोच लिएर बाचेका हुन्छन् ति व्यक्ति एक न एक दिन ठुलो भुमरीमा पर्नेछ, जुन बेला अरुलाई दिएको चोट र पिडा आफुले भोग्नु पर्दा खुट्टा समाएर माफी माग्ने सम्मको हुन्छन् । जसले अरुलाई दु;ख मात्रै दिएर सताई रहेका हुन्छन् ति व्यक्ति एकदिन अवस्य पश्चातापमा पर्नेछ । त्यसैले आँफु पनि खुसि हुन सिकौ अरुलाई पनि खुसि दिने प्रयत्न आजैबाट सुरु गरौँ ।
प्रतिक्रिया दिनुहोस