प्रधानमन्त्री देउवा बनारस जाँदै, आजै स्वदेश फर्किने
576 Views
काठमाडौँ, २० चैत खोज मिडिया । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आज बिहान त्यहाँको उत्तर प्रदेशको धार्मिकस्थल बनारस जाँदैछन् । देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गर्ने कार्यक्रम तय भएको छ ।
त्यहाँ देउवाले काशी विश्वनाथको मन्दिर दर्शन गर्नेछन् । भारत सरकारले विशेष विमानबाट देउवालाई बनारस लैजाने,ल्याउने व्यवस्था मिलाएको छ ।
देउवा तीन दिने भ्रमणका लागि गत शुक्रबार भारत गएका थिए । उनी आज साँझ काठमाडौं फर्कने जनाएका छन् ।





प्रतिक्रिया दिनुहोस