प्रधानमन्त्रीस्तरीय वार्ता सकियाे, नेपाल-भारत द्विपक्षीय बैठक जारी
345 Views
काठमाण्डौ, १९ चैत खोज मिडिया । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेट भएको छ । शुक्रबारदेखि भारत भ्रमणमा रहेका प्रम देउवाले आज नयाँदिल्लीस्थित हैदरावाद हाउसमा समकक्षी मोदीसँग भेटवार्ता गरेका हुन् ।
देउबा र मोदिबिच के बिषयमा वार्ता भयो भन्ने बारेमा केही तथ्यहरु बाहिर आएका छैनन्। तर नेपाल–भारत द्विपक्षीय बैठक सुरु भएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटवार्ता सकिएलगत्तै बैठक सुरु भएको हो ।
द्विपक्षीय बैठकमा नेपालका तर्फबाट देउवाले नेतृत्व गरिरेका छन् भने भारतीय पक्षबाट नरेन्द्र मोदीले नेर्तत्व गरिरहेका छन् ।
दिल्लीको हैदरावाद हाउसमा मोदी र देउवाबीच शनिबार मध्यान्ह ‘वान अन वान’ भएको थियो । उक्त भेटवार्तामा नेपाल–भारतबीच आपसी हितका छलफल भएको बताइएको छ ।
द्विपक्षीय बैठक सकिए लगत्तै देउवा र मोदीले संयुक्त रुपमा नेपाली रेलसहित चार वटा परियोजनाको उद्घाटन गर्नेछन् ।





प्रतिक्रिया दिनुहोस