बम वि*ष्फोटमा परी घा*इते भएका दुई युवक सहित अध्यक्ष प*क्राउ
534 Views
सुनसरी, १९ चैत खोज मिडिया । गणतन्त्रको खारेजी र राजासहितको हिन्दुराष्ट्रको माग गर्दै भूमिगत आन्दोलन घोषणा गरेको हिमाल सुरक्षा परिषद्का अध्यक्ष सञ्जय भनिने ४३ वर्षीय खगेन्द्र खरेलसहित चार जना प*क्राउ परेका छन्।
पक्रा*उ पर्नेमा बम वि*ष्फोटमा परी घा*इते भएका दुई युवक पनि छन् । पक्रा*उ परेका अध्यक्ष खरेल झापाको कनकलाई नगरपालिका–८ निवासी हुन्। खरेलको ठेगाना झापाको कन्काइ नगरपालिका–८ लक्ष्मीपुर रहेको बताइए पनि उनी पूर्वोत्तर भारतको आसामाका बासिन्दा भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
अध्यक्ष खरेलसंगै इटहरी–२ का २० वर्षीय रविन थापा, ३२ वर्षीया लक्ष्मीदेवी थापा र लमजुङको ढोडेनी गाउँपालिका–७ का २३ वर्षीय शेरजङ्ग गुरुङ पनि पक्राउ परेका छन्। पक्राउ परेका रविन थापा र शेरजङ्ग गुरुङ घाइते छन्। उनीहरु गत चैत १४ गते राति अमिर श्रेष्ठको घरमा डेरा गरी बस्ने लक्ष्मीदेवी थापाको कोठामा ब*म वि*ष्फोट हुदा घा*इते भएका थिए। त्यस बि*स्फोट भएको कोठा हिमाल सुरक्षा परिषद्की सदस्य लक्ष्मीदेवी थापाको रहेको थियो र त्यस दु*र्घट*नामा उनको छोरा रबिन थापा पनि घा*इते भएका छन्।
पक्राउ परेका खरेल, थापा, गुरुङ र लक्ष्मीलाई शुक्रबार नै जिल्ला अदालतबाट ब*म वि*स्फोट र संगठित अपराध मुद्दा शीर्षकमा म्याद थप गरेर अनुसन्धान भइरहको छ ।
पक्राउ परेकामध्ये बम विस्फोट भएको लक्ष्मीको कोठाबाट प्रहरीले लक्षमीदेवी थापाको नामको बैंक चेक बुक एक थान, राष्ट्रिय स्वाधिनताको लडाइँमा जनताको असल साथी राजा सीएफएन ‘कफन स्थापना २०७० लेखिएको विभिन्न रंगका पर्चाहरु, हिमाल सुरक्षा परिषद् नेपाल पर्चा, सीएफएन कफन लेखिएको अर्धकट्टी सदस्यस्ता कार्ड २८ थान, तामाको तारको गुजुल्टो, ओप्पो ब्राण्डको व्याट्री, दुइ थान मोबाइल बरामद गरेको थियो ।
विभिन्न समयमा बम आतंक मच्चाउने मुख्य नाइके खरेलको खोजी गरिरहेका बेला इटहरीको चर्चमा पड्काउनका लागि ल्याइएको बम उनीहरु बसेकै कोठामा विस्फोट भएपछि घटनाको सम्बन्ध हिमाल सुरक्षा परिषद्को गतिविधिसँग जोडिन पुगेको थियो ।
गत १७ गते पक्राउ परेका सञ्जय भनिने खरेलको साथबाट एनसेल र नेपाल टेलिकमको सीमकार्ड, दुई थान मोबाइल, विभिन्न बैंकको दुई थान चेकबुक, रकम पठाएको र जम्मा गरेको आइएमी रसिद चार थान, हिमाल सुरक्षा परिषद् केन्द्रीय कमिटीको छाप एक थान, अर्जुन लेखिएको छाप एक थान, इन्चार्ज केन्द्रीय कमिटी हिमाल सुरक्षा परिषद् लेखिएको छाप एक थान, पेनड्राइभ एक थान, शेरजंग गुरुङको नागरिकता र पासपोर्टको प्रतिलीपी एक थान, डम्बरसिंह धामीको नामको परिचयपत्र एक थान बरामद भएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले शुक्रबार सार्वजनिक गर्दै इटहरी झापा, मोरङ र सुनसरीलगायत केही जिल्लामा आपराधिक र उच्छृङ्खल गतिविधि गर्दै आएका खरेलले कहिले ग्रेटर नेपाल, कहिले हिन्दुवादी र राजावादीको राजनीतिक आवरणमा सशस्त्र वि*द्रोहको घोषणा गरेका थिए ।
वि*स्फोटमा घाइते भएका थापा र गुरुङलाई कडा निगरानीका साथ उपचार गर्दै लिएको बयानको आधारमा पहिले ठकुरीलाई इटहरीबाटै पक्राउ गरेपछि खरेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरी श्रोतले भन्यो, “ठकुरी पक्राउ परेपछि उनकै मोबाइल प्रयोग गरेर खरेल पक्राउ परेका हुन् ।”प्रहरीको सेटिङ अनुसार खरेललाई बोलाउन ठकुरीलाई फोन गर्न लगाइएको थियो । फोन गर्दा काँकडभिट्टा नजिकै मेचीपारी नगलबन्दामा रहेको थाहा पाएपछि भारतीय सीमा सुरुक्षा बलको सहयोगमा पक्राउ गरी काँकडभिट्टासम्म ल्याएर नेपाल प्रहरीलाई जिम्मा दिएको थियो ।
खरेल पूर्वोत्तर भारतको आसाममा बस्दै आए पनि केही वर्षदेखि झापाको घैलाडुवामा बसेर ग्रेटर नेपाल, हिमाल सुरक्षा परिषद्, हिन्दुवाद र राजावादीको आवरणमा हिंसात्मक गतिविधि गर्दै आएका थिए । उनैको अराजनीतिक संगठनले झापाको बिर्तामोड, दमक, सुरुङगा क्षेत्रमा बम आतंक मच्चाएको घटनापछि प्रहरीले अनुसन्धान थालेको थियो । झापाको हिंसात्मक गतिविधिमा संलग्नको अनुसन्धान गर्दै जाँदा प्रहरीले गत माघ ११ गते कन्काइ नगरपालिका बस्ने भिष्म थापालाई पक्राउ गरेपछि अन्य ८ जना पक्राउ परेका थिए ।
उनैको बयानका आधारमा प्रहरीले फागुन २ गतेसम्ममा झापाको गौरादह–२ बस्ने सुमन कुमार कार्की, दमक–९ बस्ने देवी बास्कोटा गुरागाईँ, कन्काई– ३ बस्ने कुमार भनिने यामदत्त सिटौला, शिवसताक्षी–१ बस्ने सरुण लिम्बु भनिने दिल कुमार साम्याङखाम, संखुवासभाको खाँदबारी– १० बस्ने मनमोहन दाहाल, गौरीगंज–३ बस्ने आनन्द भनिने अनन्त प्रसाई गिरी, गौरादह–५ बस्ने प्रदीप थापा र गौरीगंज–३ बस्ने विजय कुमार दास हलुवाइलाई पक्राउ गरेर कारबाही गरेको थियो । तीमध्ये हाल ८ जना धरौटीमा छुटिसकेका छन् । एक जना भने धरौटी बुझाउन नसकेर कारागारमै छन् ।
प्रहरीका अनुसार खरेल ०७८ माघ ९ गते झापाको बिर्तामोडस्थित पश्चिम बस स्टेण्डमा र १३ गते झापाको दमकस्थित शिवान चर्चमा हिमाल सुरक्षा परिषद्को पर्चाहरुसहित शंकास्पद वस्तु राखेको घटनाको मुख्य योजनाकार हुन् ।
यसैगरी २०७६ वैशाख २८ गते झापाको कन्काई पुलमा गोर्खा जनमुक्ति पार्टीको नाममा ग्रेटर नेपालको माग राखी विष्फोटक पदार्थ तथा संगठित अपराध कसूरमा २ वर्ष ५ महिना कैद सजाय भुक्तान गरी रिहा भएका थिए।





प्रतिक्रिया दिनुहोस