भोलि १८ गते रुपाकोटको निमा धावा दोर्जेलिङ गुम्बाको उद्घाटन तथा गुम्बा राबने (सुप्राण प्रतिष्ठा) हुने भएको छ
1028 Views
रोमन लामा (क्षितिज)
रामेछाप १७ चैत खोज मिडिया। रामेछाप जिल्लाको सुनापति गाउँपालिकाको वडा नं -५ स्थित टुनिडाँडामा अवस्थित निमा धावा दोर्जेलिङ गुम्बा लगभग आज भन्दा १८ वर्ष अघि स्थानिय गाउँले श्रमदान र आर्थिक संकलन, विदेशमा रहेको केहि नेपालीबाट संकलित रकम र तत्कालिन गाउँ विकास समितिबाट केही रकम गरि विनियोजित गरि संयुक्त लगानीबाट निर्माण सम्पन्न भएको थियो।
आर्थिक अभावको कारण सो गुम्बाको भवन निर्माण कार्य सके पनि भगवानको मुर्ति राख्न सकिरहेको थिएन। पछि आएर झन्डै ५ वर्ष अघि प्रदेश/संघको निर्वाचन ताका रामेछाप नेपालीको नेता तथा जिल्ला सभापति कान्छाराम तामाङले ३ थान भगवानको मुर्ति हस्तान्तरण गर्नु भएको थियो। तर त्यसमा प्रयोग गर्नुपर्ने धार्मिक तवरको प्राविधिक कुरा (श्हुङ्ग हाल्ने) र फर्निचर अभावको कारण गुम्बामा नियमित पुजापाठ सम्पन्न हुन सकिरहेको थिएन। हाल आएर २ वर्ष अघि वडापालिकाबाट विनियोजित १० लाख बजेटले मर्मत सम्भार सकेसी बेहुली झैँ चिटिक्क सजेको गुम्बामा अब भने नियमित पुजापाठ हुने भएको छ।
हाल धार्मिक तवरको प्राविधिक कुरो (श्हुङ्ग हाल्ने), फर्निचर निर्माण, गुम्बा राबने (सुप्राण प्रतिष्ठा) कार्यक्रम गर्नका लागि नेपाली कांग्रेस रामेछाप सभापति पूर्ण बहादुर तामाङबाट रु.१,५०,०००।- ,राजनितिज्ञ तथा समाजसेवी भरत चौलागाईबाट रु.१,००,००००।- र राजनितिज्ञ तथा समाजसेवी विनिता खड्काबाट रु.५०,०००।- गरि जम्मा रु.३,००,०००।- रकम र सुनापति ५ नं वडा कार्यालयबाट रु.५,००,०००।- सहित रु.८,००,०००।- रुपैया रकमबाट गुम्बा उद्घाटन र गुम्बा राबने कार्यक्रम सम्पन्न हुने भएको छ।
भोलि चैत १८ गते पुजनीय धर्म गुरु डोल्पो टुल्कु ओग्यान छ्योईङ येशे रिन्पोछे ज्युको मुखार बिन्दाबाट भगवान गौतम बुद्धको अमृतमय वचन प्रवचन “छेवाङ” (आयु अभिषेक) र गुम्बाको राबने (सुप्राण प्रतिष्ठा) कार्यक्रम हुने भएको छ। १८ गते गुम्बाको राबने (सुप्राण प्रतिष्ठा) र उद्धघाटन पुजनीय धर्म गुरु डोल्पो टुल्कु ओग्यान छ्योईङ येशे रिन्पोछे र सभापति पूर्ण बहादुर तामाङबाट संयुक्त रुपमा हुने भएको छ।
चैत १९ गते पुजनीय धर्म गुरु डोल्पो टुल्कु ओग्यान छ्योईङ येशे रिन्पोछे ज्युबाट “वाङ” (आयु अभिषेक) प्रदान गरिने भएको हुँदा सप्म्पूर्ण श्रद्धालु भक्तजन उपासक उपासिका सम्पूर्ण सुनापति बासि बुबा,आमा,दाजु, भाई, बहिनि सबैमा उपस्थित हुनु भई अपार पुन्य लाभ लिनु हुनका लागि निमा धावा छ्योइलिङ गुम्बाको अध्यक्ष दान बहादुर तामाङले हार्दिक निमन्त्रणा दिनु भाको छ।





प्रतिक्रिया दिनुहोस