केहि दिनदेखि वायुमण्डलमा बाक्लो तुवाँलो हुनुको कारण
787 Views
काठमाडौँ, १६ चैत खोज मिडिया । केही दिन यता काठमाडौँ लगायतका देशको विभिन्न भूभागको वायुमण्डलमा बाक्लो तुवाँलो लागिरहेको छ । उपत्यकामा भिजिबिलिटी अर्थात् दृश्य दुरी घटेको देखिन्छ । जसका कारण हवाई उडानका लागि समेत अफ्ठ्यारो पर्ने देखिएको छ ।
वायुमण्डलमा थुप्रिएको धुलो धुवाँको बाक्लो तहका कारण मानिसहरूमा श्वास प्रश्वास सम्बन्धी स्वास्थ्य समस्या समेत देखिन थालेको छ । बुधबार दिउँसो समाचार तयार पार्दासम्म विश्वको वायुप्रदूषण मापन गर्ने आईक्यूएयरको तथ्याङ्कमा काठमाडौँ विश्वकै चौथो प्रदूषित सहर बनेको देखिएको छ ।
यसरी मौसममा परिवर्तन किन भइरहेको छ ? जल तथा मौसम विभाग, मौसम पूर्वानुमान शाखाका वरिष्ठ मौसमविद् वरुण पौडेललाई संचारकर्मीले यसबारेमा जिज्ञासा राखेको छ । ‘प्रस्तुत छ पौडेलको विश्लेषण!” “देशमा पहाडी भूभागहरूमा आंशिक बदली भइरहेको छ । डढेलो, धुलो, धुवाँ लगायतको प्रदूषणबाट वातावरण धुमिलो भएको हो । दुई तिनदिन देखी हावा पनि राम्रोसँग चल्न पाएको छैन । वातावरण धुम्मको अवस्थामा छ, पानी पनि पर्न पाएको छैन । अझ खाल्टो जस्तो भौगोलिक अवस्था भएको ठाउँमा समस्या देखिएको छ ।”
गण्डकी प्रदेशयताका भूभागहरूमा यस्तो समस्या देखिएको छ । आजभोलि यो अवस्था यस्तै अवस्थामा रहने र शुक्रवारबाट केही सुधार हुन सक्छ । अहिलेको अवस्था हट्नका लागि केही मात्रामा हावाहरू चल्नुपर्छ । अहिले तत्काल ठुलो पानी पर्ने अवस्था पनि देखिएको छैन । देशको पूर्वी भागमा छिटपुट रूपमा पानी पर्ने देखिएको बताए ।
अहिले बायुमण्डलमा तुवाँलो देखिनुको कारण सवारी साधनले फाल्ने धुवा, धुलो र डढेलेको कारण रहेको जनाए । माथि आकाशमा अलि-अलि बादल पनि देखिएकोछ । त्यसमा प्र*दूष*ण पनि मिसिएकोले अहिलेको अवस्था देखिएको हो । बादल र तुवाँलोले ढाकेका कारण सूर्यको प्रकाशले जमिन तात्न नपाउँदा हावा चल्न पनि सकेको छैन ।
“वायुमण्डलीय प्रक्रियामा जमिनको तल्लो सतहमा हावा चल्नुपर्ने पर्ने हुन्छ । बादल, तुवाँलोको कारण हावा चल्न पाएको छैन । बादल भएकोले घाम लाग्न पाएन, तुवालो पनि थपिएपछि हावा चलायमान हुन पाएन । वायुमण्डलको तल्लो तहमा हावा चलायमान हुन पाएको भए घाम लाग्थ्यो । हावा चल्नका लागि जमिन तात्नुपर्ने हुन्छ, दुई,तिनदेखि जमिन तात्न नपाउँदा हावा लाग्न पाएको छैन ।”
कहिले बादल लाग्ने, जमिनमा घाम छिर्न नपाउने, घाम छिर्न नपाएपछि हावा नलाग्ने र वायुमण्डलमा प्रदूषण थुप्रिने कुराहरू एक अर्कासँग अन्तरसम्बन्धित रहेका छन् । एक दुई दिन यो अवस्था रहेर बिस्तारै सुधार हुँदै जानसक्ने जनाएको छ ।
अहिले देखिएको प्रदूषणको अवस्था हेर्दा बाहिरबाट आएको भन्दा पनि स्थानीय प्रदूषण वायुमण्डलमा थुप्रिएको देखिन्छ । सवारी साधन सञ्चालन हुँदा निस्कने धुलो धुवाँ, औद्योगिक क्षेत्रबाट निस्कने धुवा लगायत वायुमण्डलमा मिसिएको छ । अर्कोतिर देशका केही भागमा डढेलो लागेको पनि छ । मकवानपुरको उत्तरतर्फको डाँडामा पनि डढेलो लागेको भन्ने सुन्नमा आएको छ । ड*ढेलोको कारण पनि वायुमण्डल प्र*दूषण भएको हो ।
अहिले काठमाडौँ उपत्यकामा भिजिबिलिटी अत्यन्तै कम रहेको छ । २५ सय मिटरदेखि ३ हजार मिटरसम्म रहेको छ । मंगलबार दिउँसो ५ हजार मिटरसम्म भिजिबिलिटी पुगेको थियो । वातावरण पूर्ण रूपमा सफा भएको अवस्थामा ८ हजार मिटरसम्म भिजिबिलिटी रहन्छ । २ हजार मिटरभन्दा कम भिजिबिलिटी भएको अवस्थामा हवाईजहाज अवतरण गर्न पनि कठिन हुने गर्छ । यही क्रममा भिजिबिलिटी घट्दै गयो भने जहाज अवतरण गर्न पनि कठिन हुन सक्छ ।
प्रदेश नम्बर १, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा पानी पर्ने सम्भावना पनि देखिएको छ । प्रदेश १ मा अलि बढी नै वर्षाको सम्भावना रहेको छ भने अन्य बागमती र गण्डकीमा कम सम्भावना छ । झरी वा ठुलो वर्षाको सम्भावना भने छैन । यी प्रदेशमा पानी पार्ने ठुलो प्रणालीको भने विकास नभएको जनाएको छ ।





प्रतिक्रिया दिनुहोस