यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
672 Views
काठमाडौँ, १३ चैत खोज मिडिया । नेपाल राष्ट्र बैंकका अनुसार आज आइतबार विदेशी मुद्राको नेपाली विनिमयदर अमेरिकी डलर एकको खरिदर १२१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १२२ रुपैयाँ २२ पैसामा रहेको छ । यस्तै युरोपियन युरो एकको खरिददर १३३ रुपैयाँ ८५ पैसा र विक्रीदर १३४ रुपैयाँ ५२ पैसा रहेको छ भने पाउन्ड स्टललिङ एकको खरिददर १६० रुपैयाँ १७ पैसा र बिक्रीदर १६० रुपैयाँ ९६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ३७ पैसा र बिक्रिीदर ९१ रुपैयाँ ८२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४७ पैसा रहेको छ । यता जापानी यन आज १० बराबर नेपाली १० रुपैयाँ र बिक्रीदर १० रुपैयाँ ०५ पैसा रहेको छ भने चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ११ पैसा र बिक्रीदर १९ रुपैयाँ २१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यता साउदी अरवियन रियाल आज एकको खरिददर ३२ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५८ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिददर ३३ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस