चुनाब बहिष्कार पक्षधर सचिवालय सदस्यद्वयसंग महासचिव बिप्लवको भेट : दिए समाधानका यस्ता उपाय
691 Views
कपिलवस्तु, १२ चैत खोज मिडिया । बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको शुक्रबार साँझ हुने भनिएको केन्द्रीय सचिवालय बैठक हुन सकेन। आफु अल्पमतमा परेको अवस्थामा अब पार्टीलाई कसरी अघि बढाउने भन्ने बारेमा महासचिव बिप्लवले केन्द्रीय सदस्य एबम फरक मत राख्ने नेताहरुसंग छलफल गरिरहेकाले केन्द्रीय सचिवालय बैठक बस्न नसकेको समाचारस्रोतको दाबी छ।
केन्द्रीय समिति बैठकमा बोल्ने बहुमत केन्द्रीय सदस्यहरुले चुनाब उपयोग गर्ने आफ्नो प्रस्तावको बिपक्षमा धारणा राखेपछि महासचिव बिप्लव केही हच्किएको जस्तो देखिएको छ। केन्द्रीय समिति बैठकमा उठेका धारणाहरु बारे निर्णय गर्न बस्ने भनिएको सचिवालय बैठक रोकेर महासचिव बिप्लवले शुक्रबार राती चुनाब बहिष्कार गर्नुपर्ने पक्षधर भनेर चिनिएका सचिवालय सदस्यहरु हेमन्त प्रकाश ओली र धर्मेन्द्र बास्तोलासँग छुट्टै परामर्श गरेका छन्।
महासचिव बिप्लवसंगको भेटमा चुनाब बहिष्कार पक्षधर भनेर चिनिएका नेता ओली र बास्तोलाले जनमत संग्रहको कार्यक्रमलाई यथावत राखेर चुनाव बहिष्कार वा उपयोग केही नभनी अघि बढ्न सुझाब दिएको समाचार स्रोतले जानकारी दिएको छ। नेता ओली र बास्तोलाको कुरा सुनिसके पछि महासचिव बिप्लवले बसेर छलफल गर्दै अघि बढ्न सुझाएको प्राप्त समाचारमा जनाइएको छ।
केही केन्द्रीय सदस्यहरुसँग परामर्श लिएपछि अहिले बिहान केन्द्रीय सचिवालय बैठक बसे लगत्तै केन्द्रीय समिति बैठक बस्ने प्राप्त समाचारमा जनाइएको छ ।
आज बस्ने केन्द्रीय समिति बैठकमा महासचिव विप्लवले सबैको धारणालाई समेटेर नयाँ प्रस्ताव ल्याउने धेरैले आशा गरेका छन् । यदि महासचिव विप्लवले चुनाव उपयोग गर्ने आफ्नो प्रस्तावलाई फिर्ता लिए भने यो विवाद आगामी महाधिवेशनसम्म तत्काललाइ मत्थर हुने देखिएको छ ।
महासचिव विप्लवले आफ्नो राजनीतिक दस्तावेजमा पार्टीको महाधिवेशन आगामी कार्तिक मङसीरमा गर्न प्रस्ताव गरेका छन् ।
राजनीतिक प्रस्ताव (चुनाव)को पक्षमा
नेत्रविक्रम चन्द, प्रकाण्ड, सन्तोष बुढामगर, माइला लामा, अनिल विरही, उमा भुजेल, भरत बम, ॐमप्रकाश पुन, भेषराज भुसाल, एटम विसी, चिरन पुन, सुन्दर वली, विराट, सविता तामाङ, विवेक कुमाल, बलवान, तिर्थ राई, अग्नि, रामलाल विक, भगतसिंह, नन्दबहादुर बुढा, अमर झाक्री, असल क्षेत्री, प्रेम दर्नाल र सुमनसिंह ।
राजनीतिक प्रस्ताव(चुनाव)को विपक्षमा
हेमन्तप्रकाश वली, धर्मेन्द वास्तोला, चुडामणि वली आदर्श, दिपक चलाउने, प्रज्वलन विजय श्रेष्ठ, सन्देश पौडेल, मोहनलाल चन्द आधार, बलबहादुर वली, शितल, गुणराज लोहनी, ध्रुव घिमिरे विप्लव, सावित्रा दुरा, नवीन विक, बन्दु चन्द, निर्मल थमनसिंह राई, देवनारायण शाह, आजाद केसी, खुमा सुवेदी, सुमन लिम्बू, शैलेस, पुर्ण सिंह, रुपेश , विकिरण, जुझारु, सुवास वाठामगर, विश्व संगम मुगु, नयन, शरद रसाइली, विशाल चौधरी, लालबहादुर विसि, समर शाही, सविन पोख्रेल, सरद वली, संगम कपिलवस्तु, संगम जाजरकोट, जोशिम, शशी राई, दिपेश राई, आजाद सेन, धिरिन्द्रा उपाध्यक्ष, उभार पुन, कृति वाला थापा ।
सल्लाहकार
असारे काका
चित्रबहादुर आले
दिर्घ पाण्डे
शंकर खड्का
हेम खतिवडा (अनुपस्थित)





प्रतिक्रिया दिनुहोस