रानाभाट/भाट समाजद्वारा विभिन्न ब्यक्ति सम्मानित
739 Views
पोखरा । रानाभाट तथा भाट समाज कास्की जिल्ला कार्य समितिको १३ औं साधारण सभा एवं ६ औं अधिबेशनका अबसरमा समाजको पुनःस्थापनामा योगदान गर्ने ब्यक्तित्वहहरुलाई सम्मान गरेको छ ।
नेपाल सरकारले सेवाश्री पदकबाट बिभुसित हुनुभएका फिष्टेल एकेडेमीका संस्थापक प्राचार्य चिनु रानाभाट, डा. मीन बहादुर रानाभाट, समाजको पुनर्जागरण कालका संस्थापकहरु पत्रकार असफल गौतम रानाभाट, दरबारथोक एड्भरटाइजिङ एजेन्सीका कृष्ण रानाभाट, पोखरा २७ का बिकास रानाभाट, पोखरा २६ का रमेशबहादुर राजभाट, पोखरा ३१ का बिष्णु रानाभाट, उत्कृष्ट एकाइ सम्मान पोखरा १३ को काहुँखोला भाट समाजका अध्यक्ष सु. भिम बहादुर रानाभाट र निवर्तमान अध्यक्ष एकदेव रानाभाटलाई प्रमुख अतिथि पुर्व केन्द्रिय अध्यक्ष खड्गबहादुर रानाभाटले सम्मानपत्र, दोसल्ला, अबिरले सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि खड्गबहादुर रानाभाटले सामाजिक सद्भाव कायम राख्दै समाजमा सेवा गर्नुपर्ने बिचार व्यक्त गर्दै एकता बद्ध भइ सामाजिक काम गर्न अनुरोध गर्नुभएको थियो ।
सो अबसरमा केन्द्रिय सल्लाहकार चिनु रानाभाट, इतिहास लेखन समितिका अर्थ संकलन संयोजक श्री बहादुर रानाभाट, रानाभाट भाट समाज युएईका अध्यक्ष थमनसिङ रानाभाट, केन्द्रिय सदस्य तथा समाज घर निर्माण समिति संयोजक ठाकुर प्रसाद रानाभाट, केन्द्रिय सदस्य तथा आइटी संयोजक नरेन्द्र रानाभाट, गण्डकी प्रदेश अध्यक्ष चन्द्रबहादुर रानाभाट, सचीव बलराम रानाभाट, संस्थापक अध्यक्ष तथा पुर्व केन्द्रिय सदस्य बुद्धि बहादुर रानाभाट, सम्मानित ब्यक्तित्वको तर्फबाट असफल गौतम रानाभाट, तनहुँ जिल्ला सचिव रामभक्त रानाभाट, कंधनी डाँडा भाट समाजका अध्यक्ष तिर्थ रानाभाटले शुभकामना व्यक्त गरेका थिए ।
कास्की जिल्ला अध्यक्ष रमेश रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष श्रीधर रानाभाट र संचालन सचिव रुद्र बहादुर रानाभाटले गरेका थिए ।





प्रतिक्रिया दिनुहोस