“श्री कर्ण छ्न्छा दोर्जे” गुम्बामा पन्ध्र लाख बराबर बुद्धको मुर्ति दान
658 Views
कास्की, १२ चैत खोज मिडिया । गण्डकी प्रदेश राजधानी पोखरा नजिकै रहेको माछापुच्छ्रे गाउँपालिका वडा नं ९ ताखोर गाउँ स्थित “श्री कर्ण छ्न्छा दोर्जे गुम्बा” समुद्घाटन मुर्ति स्थापना तथा शान्ति पदयात्रा कार्यक्रम सम्पन्न भएको छ।
“श्री कर्ण छ्न्छा दोर्जे” गुम्बा धेरै वर्ष अगाडी गाउँकै स्थानीय बासिन्दा स्वर्गीय कर्ण तामाङ्ग,स्व.छन्छा तामांग र स्व.दोर्जे तामांगको रोहबरमा बनेको गुम्बा हो । उक्त गुम्बाको ईतिहास लामो रहेको र सोहि गुम्बा धेरै वर्ष पुरानो भएकोले गर्दा पुन गुम्बा निर्मार्ण कार्य सु-सम्पन्न गरिएको छ ।
सोहि गुम्बा २०७८ साल चैत ११ गते रक्षा बहादुर योञ्जन तामांगद्वारा गुम्बा भित्र दीप प्रज्वल, ब्यानरमा हस्तक्षर गरि मुर्ति स्थापना उद्घाटन गर्नुभएको हो । रक्षा बहादुर तामाङ्ग माछापुच्छ्रे गाउँपालिका वडा नं ९ सिदिङ्ग गाउँमा जन्मिनु भएको हो । उहाँको धर्म पत्नी सुमित्र स्यान्ग्बो तामांगको माइती गाउँ भने ताखोर हो । उहाँको श्रीमतीको माइती गाउँ र उहाँलाई जन्म दिनुभएको आमाको माइती पनि ताखोर गाउँ नै रहेकोले गर्दा स्वर्गीय आमा र बुबा दुबैको स्मृतिमा ताखोर गाउँमा रहेको “श्री कर्ण छ्न्छा दोर्जे गुम्बा” मा पन्ध्र लाख(१५,०००००) रुपैँया बराबरको तिन ओटा मुर्ति दान गर्नुभएको छ ।
रक्षा बहादुर तामांगले उक्त गुम्बामा शाक्यमुनी बुद्ध,गुरु रेन्पोर्छे र च्यान्ग्रेशी (छ्योकु, ल्हुकु, टुल्कु) गरि एउटा मुर्ति (५०-५५) पचास देखि पचपन्न किलो सम्मको र तिन ओटा मुर्ति गरि (१६५)एक सय पैसठ्ठी किलो बराबरको भिन्न-भिन्न नामले चिनिने प्रख्यात बुद्धका मुर्तिहरु प्रधान गर्नुभएको छ । उहाँको अर्डर अनुसार बनेको मुर्तिहरु हाल बसोबास स्थायी निवास हेम्जा मिलनचोक हुदैँ सैंतीघट्टा पुगेर शान्तिपूर्ण पदयात्रा गरि ताखोर गाउँ सम्म पुर्याईएको थियो ।
उक्त गुम्बामा गाउँले समुदायका व्यक्तित्वहरु र विभिन्न संघ-संस्था एवम टाढा-टाढाका व्यक्तित्वहरुले गुम्बामा आवश्यक नगद तथा जिन्सी सामानहरु दान गरिएको थियो ।
रक्षा तामांगले आँफु जन्मेको गाउँ सिदिङ्गमा पनि बुद्धको मुर्ति स्थापना गर्नु भएको छ । तामांगको गुनगान गाउँले हरुले धेरै भन्दा धेरै गर्दछ किनकी उहाँ एक महान समाजसेवी र अरुको दु:ख देख्न र हेर्न नसकिने कोमलो हृदयको हुनुहुन्छ । दुखि, गरिब, पिडित र असहायहरुको लागि जिउँदो भगवान बनेर उहाँहरुको सहयोग गर्नलाई भने कहिल्यॆ पनि पछाडी हट्न चाहानुहुन्न ।
तामांगले सिदिङ्ग गाउँमा रहेको विद्यालयका बालबालिकाहरुलाई अध्यनको लागि कपि,कलम, ड्रेस र एकजना शिक्षकलाई मासिक तलवको व्यवस्था उहाँ एक्लैले गर्नुभएको थियो । तामांगको जन्म थलो नेपालमै रहेता पनि उहाँ कर्म थलोको रुपमा भने युकेमा बसोबास गर्दै आउनुभएको छ । उहाँ सात समुन्द्र पारि युकेमा रहेर पनि आफ्नो जन्म भुमि नेपाल र नेपालमा रहेको आफ्नो जन्म थलोलाई भने धेरै भन्दा धेरै माया, ममतामयि हृदयदेखिनै मुटुमा राखी सदाबहार सहयोग को भावना लिएर हरेक क्षेत्रमा सहयोग गर्दै आउनुभएको छ ।
“उहाँले कार्यक्रममा बुद्धको मोलम पढेर मन्तव्य राख्दै आफ्नो स्व.आमाको स्मरण गर्दै भावुक हुँदै भन्नुभयो!”मेरी आमाले धेरै माया गर्ने गाउँ ताखोर गाउँ,मेरी आमाले सधैँ सम्झिने ठाउँ क्याबुदुङ्गपाखा, कोल्लेपाखा, देउराली गंग मेरी आमाले दिनुभएको ज्ञान र विवेकले गर्दा आज म यो ठाउँ सम्म आउँन सफल भए !” यसरी जन्म दिने आमाको स्मरण गर्दै भाबुक हुन पुगेका रक्षा योञ्जन तामांगको केहिबेर सम्म बोलिनै बन्द रह्यो ।
उहाँले बुद्ध धर्मको बारेमा ब्रिफ़िङ्ग पनि गर्नुभयो । उहाँको छोरा जेविन रक्षा योञ्जन तामांग युकेमै जन्मिएको हुदाँ नेपाली भाषा प्रस्ट नभएकोले अंग्रेजीमै मन्तव्य राख्दै बुद्ध भगवानको बारे ज्ञानगुणका कुराहरु मन्तव्यसंगै प्रस्ट पारियो । ताखोर गाउँ बासिन्दाहरुले रक्षा योञ्जन तामांगको परिवारलाई लामाको बाजा र दलित समुदायहरुको बाजागाजाको तालमा स्वागत र बिधाई गरिएको थियो ।





प्रतिक्रिया दिनुहोस