यस्तो छ आजको मौसम
611 Views
काठमाडौँ, ४ चैत खोज मिडिया । यतिबेला देशमा उल्लेखनीय मौसमी प्रणाली भने छैन । बिहान पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ ।
दिउँसो पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ । अन्य भूभागमा मौसम सामान्यतया सफा रहने जनाएको छ ।
शनिबार पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ। पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।





प्रतिक्रिया दिनुहोस