पोखरामा थकाली समुदायद्वारा (तेरेमी पर्व) मनाईंदै
825 Views
पोखरा, चैत ३ खोज मिडिया । पोखरामा रहेको मार्फा थकाली समाज द्वारा (तेरेमी)होलि पर्व तिन दिन सम्म मनाईने भएको छ ।
विशेष गरि थकाली समुदायले मनाईने (तेरेमी) पर्वको ठुलो ईतिहांस रहेको उनीहरु बताउँछन । तेरेमी पर्वको दिनमा बिहानैदेखी लामागुरुद्वारा पुजापाठ गरि पितृहरुलाई गित मार्फत बोलाई गीतबाट नै फलफुल, खाना विभिन्न प्रकारका मिठास खानेकुराहरु चढाउने गर्दछ । यो पर्व पोखराको थकाली समुदायमा फागुन पुर्णिमाको दिनदेखि तिन दिन सम्म मनाउने गरिन्छ । त्यस्तै, हिमाल पारीको देश भनेर चिनिने मुस्ताङ्ग जिल्लाको मार्फा गाउँमा सयौँ वर्ष अगाडी देखि “तेरेमी पर्व” मनाउँदै आएको उनीहरु बताउँछन् ।
यो पर्व मार्फा गाउँमा विशेष गरि होलि पुर्णिमा आउनु भन्दा ९/१० दिन अगाडी देखि नै मनाउने गर्दछ । यस पर्वमा गाईने गित विशेष रहेको छ, किनकि यो गित अन्य समयमा गाउँन नमिल्ने र खासगरी होलीको दिनमा मात्रै उक्त गित गाईने बताए । “तेरेमी पर्व” बिगतका वर्षहरुमा पोखरा मार्फा थकाली समाजद्वारा पनि ९/१० दिन मनाउने गर्थे भने गत लक डाउन बाट को*रोना मा*हामा*रीको त्रासका कारण यस वर्ष तिन दिन मात्रै मनाउने बताएका छन ।
उक्त “तेरेमी पर्व” चैत ३ गते होलीको दिनबाट सुरुवात गरिएको छ । यस पर्व साँस्कृतिक कार्यक्रम गरि मनाइने भएको छ । तिब्बती भाषामा गाईने गित अरु जातिले बुज्न भने कठिनाई पर्छ, तर उक्त गित थकाली समुदायको लागि भने विशेष रहेको छ । थकाली समुदायले विधि पुर्वक मनाईने उक्त “तेरेमी पर्व” पनि विशेष पर्व रहेको उनीहरु बताउछन । “तेरेमी पर्व” तिहारमा लक्ष्मी पुजा गरे जस्तै गरि थकाली समुदायले मनाईने गरेको पाइन्छ ।
“तेरेमी पर्व” होलि ५०औँ वार्षिक उत्सवको रुपमा मनाईएको बताए । सो पर्वमा गाईने विशेष गित पुर्खाहरुले गाउँदै आएका गीत रहेको र उक्त गीतको जगेर्ना गर्ने हेतुले साँस्कृतिक कार्यक्रम संगै तेरेमी पर्व मनाइने बताए ।
प्रतिक्रिया दिनुहोस