“रोटरी क्लव”द्वारा २५२ जनाको मृगौला परिक्षण निशुल्क
760 Views
पोखरा, २६ फागुन खोज मिडिया । फागुन २६ गते परेको मृगौला दिवसको अवसर पारि पोखरामा “रोटरी क्लव”ले निशुल्क मृगौला रोग स्वास्थ्य शिविर कार्यक्रम समपन्न गरियो ।
सो कार्यक्रम बिहान ८ बजेबाट सुरु भएको थियो । उक्त कार्यक्रम प्रमुख अतिथि गण्डकी प्रदेश सरकार,अर्थमन्त्री माननीय रामजी प्रसाद बरालद्वारा व्यानरमा हस्ताक्षर गरि उद्घाटन गरेको हो । यसैगरि प्राविधिक पक्षबारे रोटरी क्लवका सदस्य एवम् मृगौला रोगको बारे विशेषज्ञा(Nephrologist)डा.क्लारा पौडेलले जानकारी दिएकी थिन । कार्यक्रममा रोटरी “किड्नी केयर” प्रोजेक्टबारे कृष्ण थापाले जनाकारी दिए।
कार्यक्रमको विशेष अतिथि असिस्टेन गर्भनर रो.माधव सिक्देल, पोखरा महानगरपालिका वडा नं ७ का वडाअध्य्क्ष रामचन्द्र बराल थिए भने अतिथिको रुपमा नेपाल पत्रकार महासंघका उपअध्यक्ष राम प्रसाद तिमिल्सिना, डिस्ट्रिक पब्लिक चेयर रो.रबि प्रसाद बराल, ब्रम्हाकुमारी ईस्वरीय विश्वविद्यालयका ब्रम्हकुमारी लक्ष्मी, रोटरी क्लबका पुर्वअध्य्क्ष, कमिटि चेयर लगायतका बोर्ड सदस्यहरु उपस्थित थिए । उक्त कार्यक्रम रोटरी क्लवका सचिव राजन कुमालले संचालन गर्दै सोहि क्लवका अध्य्क्ष हुम आलेद्वारा धन्यवाद ज्ञापन सहित समापन गरियो ।
उक्त कार्यक्रममा लगभग ३००(तीनसय)जनाको उपस्थित थिए भने जम्मा २५२ जना उपस्थित व्यक्तिहरुले निशुल्क मृगौला रोगको चेकजाँच गराएको छ । कत्तिपय व्यक्तिहरुले मृगौला लगाएत सुगर रोगको पनि चेकजाँच गरेको थियो । सो कार्यक्रममा गरिएको चेकजाँचको रिपोर्टको फलोप गर्नका लागि चैत ९ गते पुन रोटरी क्लवको भवनमा बोलाईएको जनाकारी दिए ।







प्रतिक्रिया दिनुहोस