वृहत साँस्कृतिक कार्यक्रमको माझमा सुनापति वडा नं-५, को वडा कार्यालय उद्घाटन हुँदै
841 Views
रोमन लामा (क्षितिज)
रामेछाप २५ फाल्गुण खोज मिडिया। रामेछाप जिल्लाको सुनापति गाउँपालिकाको वडा नं-५, को वडा कार्यालय यहीं मिति २०७८ फाल्गुण २८ गते शनिवारको दिन एक साँस्कृतिक कार्यक्रम माझमा सम्पन्न हुने भएको छ। सो कार्यक्रमको प्रमुख अतिथिमा पुर्व गृह राज्यमन्त्री तथा मानयीय श्याम कुमार श्रेष्ठ रहनु हुने भएको छ।
उक्त कार्यक्रममा स्थानीय सस्कृति झल्कने झाँकी, ताम्बा , खैचडी भजन, लामा गुरुहरुबाट पुजापाठ, हाकु पटासी प्रदर्शनी आदि कार्यक्रम हुनेछ । सो कार्यक्रममा गायक रोज मोक्तानको गायन प्रस्तुति रहने छ भने विभिन्न कलाकारको नृत्य तथा साँस्कृतिक प्रस्तुति पनि रहने छ।
उक्त कार्यक्रममा उपस्थित हुन विभिन्न संघ संस्थाका कार्यालय प्रमुख र कमर्चारी, विभिन्न राजनीतिक दलको प्रतिनिधीहरु, छिमेकी पालिकाको जनप्रतिनिधि, विद्यालय प्र.अ. तथा शिक्षक, विद्यार्थी, लामा, बोंबो, शिक्षाप्रेमि तथा बुद्धिजीवी लगायतका सम्पूर्णमा महानुभावहरुलाई उपस्थितको लागि वडा अध्यक्ष ठुलो कान्छा तामाङले अनुरोध गर्नु भएको छ। सो कार्यक्रममा अतिथिहरुलाई मायाको चिनो र कदर पत्र वितरण गर्ने कार्यक्रम पनि रहेको छ। सो सम्बन्धि जानकारी वडा सदस्य प्रेम सागर थापाले खोज मिडियासँग बताउनु भएको छ।





प्रतिक्रिया दिनुहोस